arrow

लहानमा मेयरका उम्मेदवारहरुको उद्घोष : प्रतिबद्धता पूरा नभए ६ महिनाभित्रै राजिनामा

logo
प्रकाशित २०७४ भदौ २७ मंगलबार
lahan_ko_newss.jpg

लहान । सिरहाको लहान नगरपालिकाका मेयरका उम्मेदवारहरुले आफू विजयी भए लहानको विकासको काम गर्ने प्रतिबद्धता जनाएका छन् ।  सोमबार साँझ लहानमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मेयरका उम्मेदवारहरुले आफूहरुले बोलेका वाचाहरु पूरा नभए ६ महिनाभित्रै राजिनामा दिने समेत सार्वजनिक घोषणा गरेका हुन् ।
 
नेपाली कांग्रेसका मेयरका उम्मेदवार अछमितलाल चौधरीले आफूहरुले प्रतिबद्धता व्यक्त गरेका कुराहरु पूरा नभए ६ महिनाभित्रै राजिनामा दिने घोषणा गरे । उनले आफू विजयी भए ढल, खानेपानी, सडक सञ्जालदेखि लिएर यहाँको समग्र विकासमा महत्वपूर्ण टेवा पुर्याउने बताए ।  त्यस्तै उनले लहानको अव्यवस्थित् वस्तीहरुलाई व्यव्थित गर्नैपनि प्रतिबद्धता जनाए ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार खड्गराज चौधरीले लहानको लागि विकासको लागि आफ्नो पार्टीले जति अरुले काम नगरेको आरोप लगाए । उनले भने,‘फेरि पनि यहाँको विकासको लागि हाम्रो पार्टीले नै काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु।’
संघीय समाजवादी फोरम नेपालका मेयरका उम्मेदवार वैजनाथ साहले आफ्नो पार्टी जति मधेश र मधेशी जनताको लागि अरु पार्टीले काम नगरेको समेत गुनासो पोखे । उनले थपे,‘हामीले संविधान संशोधनको लागि यत्रो संघर्ष गर्यौं, हामीले त संशोधनमात्रै नभएर पूर्नर्लेखन नै गर्नुपर्छ भनेका छौं।’त्यस्तै उनले लहानलाई समृद्ध नगरपालिकाको रुपमा विकास गर्न आफूले कुनै कसर बाँकी नराख्ने जिकिर गरे ।

राजपाका मेयरका उम्मेदवार डा. महादेव साहले पनि लहानलाई समृद्ध नगर बनाउने र यहाँका नगरवासीहरुको मन जित्नेगरि काम गर्नै प्रतिबद्धता जनाए ।

त्यस्तै नेपाल लोकतान्त्रिक फोरमका मेयरका उम्मेदवार वीजय साहले पनि लहानमा रोकिएर अर्थात अवरुद्ध भएर रहेको विकासलाई आफूले गति दिने विश्वास दिलाए । उनले लहानलाई मुलुकै सबैभन्दा समृद्ध नगरपालिकाको रुपमा चिनाउने समेत बताए ।

राप्रपाका मेयरका उम्मेदवार एवम् पूर्व मेयर तथा पूर्वसांस्द लगन चौधरीले लहानमा अहिले प्रशस्त समस्याहरु रहेको भन्दै आफू विजयी भए सबै समस्याहरु समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।  उनले आफू विजयी भए जनतासामू राखेका सबै वाचाहरु पूरा गरेर छाड्ने वचन दिए । उनले भने,‘मैले जितेभने यहाँ विकासका लहरहरु नै ल्याउनेछु, यहाँको जनता र समस्याहरुबारे मैलेजति अरु कसैलेपनि बुझेको छैन्।’

नेपाल मजदुर किसान पार्टीका मेयरका उम्मेदवार विजय महतोले आफूहरु संशोधन विरोधी नभएको भन्दै स्पष्ट पारेका थिए । उनले भने,‘तर हामीलाई संविधान विरोधीको रुपमा चित्रित गरियो, हामीले त अहिले संशोधन प्रस्ताव ल्याउनुको कारण के हो भनेर यसको कारण र औचित्य माँग गरेका थियौं, हामी संशोधन विरोधी हुँदै होईन्।’ उनले पनि लहानको विकासको लागि आफूले गर्ने काम तथा योजनाहरुको फेहरिस्त नै पेश गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ