arrow

समानुपातिक निर्वाचनमा भाग लिनको लागि ८८ दल दर्ता, ३ दल आएनन्

logo
प्रकाशित २०७४ भदौ २७ मंगलबार
proportional_nepal_110_map2.png

काठमाडौं । निर्वाचन आयोगले मंगलबारको लागि तोकेको समयावधिभित्र समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुनको लागि ८८ दलले निवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार मंगलबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म ८८ दलले निवेदन दर्ता गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

ढकालका अनुसार कूल ९१ दलहरु मध्ये ३ वटा दलले मात्रै निर्वाचन प्रणालीइमा भाग नलिएका हुन् । यसरी समानुपातिक निर्वाचन प्रणालीमा भाग नलिने दलहरूमा मधेश तराई फोरम, मधेश समता पार्टी र नेपाली पिपुल्स पार्टी रहेका छन् । तोकिएको समयमा दर्ता नभएसँगै उनीहरुले अब समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हनु नपाउने भएका छन् । 

भदौ २४ गतेदेखि सुरु भएको निर्वाचन कार्यक्रम अन्तर्गत् आयोगले मंगलबारको लागि समानुपातिक निर्वाचन प्रणालीको लागि नाम दर्ता गराउन भनेको थियो । अब आयोगले तोकेको समयमा दलहरुले समानुपातिक उम्मेदवारहरुको नामावली पठाउँछन् र त्यसैको आधारमा चुनाव सकिएपछि प्राप्त मतलाई हिसावगरेर प्राप्त सिटमा सांसद्हरु चयन गरिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ