सशस्त्र र झापा शीर्ष चारका लागि भिड्दै
प्रकाशित मिति : २०७२ असोज २८ बिहिबार
काठमाडौं । रेडबुल राष्ट्रिय लिगमा शीर्ष चारका लागि विभागिय टिम सशस्त्र प्रहरी र मोफसलको झापा ११ भिड्दैछन् । दिउँसो साढे २ बजे एन्फा कम्प्लेक्सको मैदानमा हुने खेलमा सशस्त्र र झापाबीच कडा टक्कर हुने अनुमान छ । यो भिडन्तसंगै दुवैले लिग सक्काउने छन् ।
१५ खेलबाट २४ अंक जोडेर झापा चौथो स्थानमा छ । समान खेलबाट २३ अंक जोडेको सशस्त्र पाँचौ स्थानमा छ । लिगको सुरुवातमा आश लाग्दो प्रदर्शन गरेको झापा ११ अन्त्यतिर सेलायो । यस्तै मध्यान्तर सम्म शानदार प्रदर्शन गरिरहेको सशस्त्र समेत अन्त्यतिर खराब लयमा परेपछि शीर्ष चारको भिडन्तमा आइपुगेको हो ।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">