arrow

बाबुआमा रुहाउनेहरुले भोग्नैपर्छ यस्ता समस्या, सोह्रश्राद्धमा कसरी रोक्ने पितृदोष ?

logo
प्रकाशित २०७४ भदौ २९ बिहिबार
1504867000-8431.jpg

काठमाडौं । जब पितृ आफ्ना सन्तानबाट अवहेलित हुन्छन् तब पितृ दोष लाग्छ । सन्तानकै कारण त्यो मान्छे समस्त सुखबाट बञ्चित रहेको हुन्छ । यस्तो स्थितीमा पितृको लागि शान्तिपाठ गरिन्छ । पितृ गायत्रीको पाठ गरिन्छ । धार्मिक स्थानमा गीता रामायण जस्ता पुस्तकहरुको दान गरिन्छ ।

तर, यसको लागि बाचुन्ज्याल आफ्ना बाबु आमालाई दुख दिएर रामायण दान गर्दैमा पितृदोषबाट मुक्तिपाउने आशा नराख्दा पनि हुन्छ । किनकी मृत पितृहरुले मर्नुभन्दापहिले आफ्ना छोराछोरीप्रति नकारात्मक भावना राखेको खण्डमा सन्तान सुखमा समस्या सिर्जना गराउने धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

पितृहरुलार्इ दुख दिएका सन्तानहरुले मरेपछि हैन यही जीवनमा ठूलाठूला समस्याहरु भोग्नु पर्ने देखिन्छ । शास्त्रीय मान्यता अनुसार पितृदोष भोगेका सन्तानले यस्ता समस्याहरु भोग्नु पर्ने हुन्छ ।

- घरमा कलह र अशान्ति हुन्छ

- रोग र पीडाले छोड्दैन

- घरमा आपसी मतभेद चर्किँदै जान्छ

- काममा अनेक प्रकारको बाधा उत्पन्न हुन्छ

- अकालमा मृत्युको भय बढ्दै जान्छ

- संकट र अमंगलको आश‌ंका बढी रहन्छ

- सन्तान प्राप्तिमा विलम्ब हुन्छ

- घरमा धनको अभाव पनि चलिरहन्छ

- अनेक प्रकारका महादुखको सामना गरिरहनुपर्छ

पितृदोष कसरी हुन्छ ?

सन्तानले पितृदोष भोग्नुको समस्याहरु निम्नानुसार रहेको छ ।

- परिवारका कसैको अकालमा मृत्यु भएमा

- आफ्ना माता पिता जस्ता सम्माननीय अभिभावकहरुको अपमान गर्दा

- मरिसकेपछि पनि बाबुआमाको क्रिया कर्म तथा श्राद्ध नगर्दा र उनीहरुको वार्षिक श्राद्ध नगर्दा यस्तो दोष देखिने शास्त्रीय मान्यता रहेको छ ।

माथि उल्लेखित समस्या बाहेक पनि पितृदोषका कारण परिवारमा अशान्ति, वंशवृद्धिमा रोकावट, आकस्मिक बिरामी, संकट, धनमा बृद्धि शुन्य हुनु र बढी खर्च हुनु, सारा सुख(सुविधा भएपनि मन असन्तुष्ट हुनु जस्ता समस्याहरु सिर्जना भर्इरहन्छ ।

कसरी जोगिने पितृदोषबाट ?

तर्पण

हाम्रा पूर्वजहरु जसका कारण हाम्रो अस्तित्व छ । उनीहरुकै लागि गरिन्छ तर्पण । ब्राह्मणद्वारा संकल्प गरेर तिल, जौ, चामल, तथा कुशलाई बैदिक विधिद्वारा पूजाआजा गरी तर्पण गरिन्छ । तर्पणमा घरका प्रत्येक सदस्यले दिवंगत आत्माको लागि दान गर्नु जरुरी हुन्छ । अन्नको दान तथा कुनै गरिबहरुलाई खानेकुरा तथा बस्त्र दिनुलाई नै तर्पण गर्नु भनिन्छ ।

अर्पण

अर्पण भनेको आफ्ना पूर्वजहरुको इच्छा अनुसार दान दिनु हो । कसैले गाईको दान गर्ने चाहँदाचाहँदै मृत्यु भएको छ भने त्यो पूरा गरिदिनुलाई अर्पण भनिन्छ । जसमा मृतात्माको नामबाट गाईदान गरेर अर्पण दिईन्छ । यस्तो गर्दा आफ्ना पितृको तस्वीर वा आकृतिमा फूलमाला लगाउने र साँझको समयमा तिलको तेलको बत्ति बाल्ने तथा उनैको नामबाट उपयुक्त तिथि पारेर भोजन गराउनुलाई अर्पण भनिन्छ ।

समर्पण

पितृको लागि भाव समर्पित हुनु आवश्यक छ । त्यसैलाई समर्पण भनिन्छ । चन्दनको माला समर्पित गर्नको लागि ताजा फूल उनको तस्वीरमा समर्पित गरेर उनको सबैभन्दा मनपर्ने बस्तु समेत दान दिनु पर्छ । यसरी दान दिँदा भागवत गीताको सातौं आठौं र नवौं अध्याययको पाठ अनिवार्य गर्नु जरुरी छ । यसले पितृमा प्रसन्न हुने शास्त्रीय मान्यता रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ