arrow

काँग्रेसमा देखिएको अद्वितीय एकताले विपक्षी तर्सिए

logo
श्रीकान्त झा,
प्रकाशित २०७४ भदौ २९ बिहिबार
pradesh_2congress.jpg

जनकपुरधा । नेपाली काँग्रेसको पक्षमा आम मतदाताहरुको समर्थन बढ्दै गएपछि यो विषयले विपक्षीहरुमा भने टाउको दुखाई सुरु भएको छ । काँग्रेसका नेताहरुमा देखिएको अलौकिक एकताका कारणले मतदाताहरुले काँग्रेसले नै मधेशी जनताको माग सम्बोधन गराउने निष्कर्षमा पुग्न थालेका छन् । काँग्रेसले विहिवार जनकपुरमा रोड शो प्रदर्शन गरेको छ ।

काँग्रेसका प्रभावशाली नेता तथा उपप्रधान, गृहमन्त्री विमलेन्द्र निधिको नेतृत्वमा काँग्रेसका नगर सभापति तथा मेयर पदका उम्मेदवार मनोज कुमार साह तथा उपमेयर पदका उम्मेदवार निलम कर्ण सहितको उम्मेदवारहरुबको पक्षमा मत माग्नका लागि रोड सो गरिएको छ । जनकपुरको गोपाल धर्मशालावाट निष्केको विशाल रोड शोमा काँग्रेसका सवै वडाका अध्यक्ष, सदस्य पदका उम्मेदवारहरु पनि सहभागी रहेका थिए ।

धनुषामा काँग्रसको पक्षमा जनलहर फैलिएको वेलामा भएको रोड शोले जनताको भरोसा तथा विश्वास काँग्रेसको पक्षमा अझै बढ्दै भएको हात तथा ताली बजाएर समर्थन गरेको दृश्यले पनि देखिएको छ । काँग्रेसका जिल्ला सभापति रामसरोज यादव, सांसद मिनाक्षी झा सहितका नेताहरु सहभागी रहेको रोड शो नगरको विभिन्न भागमा पुगेका थिए । रोड सो प्रति आम जनताले दर्शाएको सद्भावका कारणले काँग्रेस प्रतिको बढदो जनलहरलाई प्रमाणित गरेको छ ।

तेश्रो चरणको स्थानीय तहको प्रचार प्रसारको क्रममा देखिएको अद्वितीय एकताका कारणले विपक्षीकोसातो गएको छ । सवै नेताहरु जनकपुरको चुनावी सभामा एक्कै मञ्चमा उपस्थित भएर भाषण गरेपछि विपक्षीको मनोवल खस्केको छ । उनीहरुले काँग्रेससँग प्रतिस्पर्धा गर्न कठिन भएको महशुस गर्ने थालेका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामाचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोईराला, कोषाध्यक्ष सीता देवी यादव सहितका नेताहरु एक्कै मञ्चमा उपस्थित भएर काँग्रेका उम्मेदवारलाई जिताउनका लागि आग्रह गरेपछि काँग्रेसका उम्मेदवारहरुको जीत सुनिश्चित भएको विश्लेषण गरिन थालेको छ ।

नेपाली काँग्रेस भित्र कुनै प्रकारको द्वन्द्व नभएको र सवै नेताहरु एकभएको ठूलो शन्देश पुरै देश तथा मधेशमा फैलिएको छ । मधेशको आठ जिल्लाहरुमा काँग्रेसका कार्यकर्ताहरुको मनोवल पनि उच्च बनेको छ । कार्यकर्ताहरु मात्र होईन काग्रेसका विपक्षमा भएका व्यक्तिहरु पनि काँग्रेसको पक्षमा नै वकालत गर्न थालेका छन् ।

काँगे्रसका शीर्ष नेताहरु नेपाली काँग्रेसका तर्फवाट जनकपुर उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार मनोज कुमार साह, उपमेयर पदका उम्मेदवार निलम कर्णको पक्षमा मत हाल्नका लागि एक स्वरमा आवाज आएपछि कार्यकर्ताहरुमा नयाँ तरंग उत्पन्न भएको छ भने आम जनकपुर बाँसी पनि काँग्रेसको रुख चिन्हमा नै मत हाल्नका लागिआतुर भएर असोज २ को प्रतिक्षमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ