arrow

पोर्चुगलमा नेपालीद्धारा नेपालीको छुरा हानी हत्या

logo
भरत प्रधान,
प्रकाशित २०७४ भदौ २९ बिहिबार
hari_bdr_gc.jpg

लिस्बन (पोर्चुगल) । युरोपेली मुलुक पोर्चुगलमा एक नेपालीले अर्का नेपालीको छुरा हानी हत्या गरेका छन् । चार वर्षदेखि पोर्चुगल बस्दै आएका पर्वत मल्लाजका ४४ वर्षीय हरि बहादुर जि.सी. को मंगलबार मध्यराती राजधानी लिस्बन स्थित क्याम्पो पिक्याने मेट्रो स्टेशन नजिकैको खुला सडकमा छुरा हानी हत्या गरिएको हो । जि.सी. को धादिङ खहरेका अर्जुन सापकोटाको छुरा प्रहारबाट हत्या भएको हो ।

छुरा प्रहारबाट जिसीका आफ्नै सहोदर भाइ ओम बहादुर जि.सी. पनि गम्भीर घाईते भएका छन् । भाइलाई भेट्न गएका उनलाई भाइसँगै सोही स्थानमा रहेको एक चाईनिज रेष्टुरेन्टमा कार्यरत सापकोटाले रेष्टुरेण्ट नजिकैको सडकमा छुरा प्रहार गरि हत्या गरेका हुन् । छुरा प्रहार गर्ने सापकोटा भने फरार रहेका छन् ।

रेष्टुरेण्टमा काम सकाएर दुई दाजुभाइ घर तर्फ जाने क्रममा मेट्रो स्टेशन नजिकैको सडकमा उनीहरुमाथि सापकोटाले छुरा प्रहार गरेका थिए । घटना लगत्तै प्रत्यक्षदर्शी एक नेपालीले रेष्टुरेण्ट सञ्चालकलाई खबर गरेपछि प्रहरीले दुबैजनाई अस्पताल पुर्‍याएको थियो । पेटमा छुरा प्रहार गरिएका जि.सी. लाई तत्कालै अस्पताल लगिएको भएपनि अस्पतलाले उनलाई मृत घोषणा गरेको थियो ।

छुरा प्रहारबाट घाईते भएका भाइ ओम बहादुरको अस्पतालमा उपचार पछि बुधबार नै डिस्चार्ज गरिएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । ४ दिनदेखि उक्त रेष्टुरेण्टमा काम गर्न थालेका सापकोटालाई रेष्टुरेण्ट सञ्चालकले आईतबार कामबाट निकालिदिएपछि सोही बिषयलाई लिएर भाइ ओम बहादुरसँग बिवाद भएको थियो । ओम बहादुरका कारण रेष्टुरेष्ट सञ्चालकले आफूलाई कामबाट निकालेको भन्दै रुष्ट बनेका सापकोटाले उनीहरुमाथि छुरा प्रहार गरेका थिए ।

मृतक जि.सी.को शव परिक्षणका लागि सान्तामारिया अस्पतालको शव गृहमा राखिएको गैर आवासी नेपाली संघ पोर्चुगलका निवर्तमान अध्यक्ष भिम केसीले जानकारी दिए। छुरा प्रहार गर्ने सापकोटाको नेपाली समुदायको समन्वयमा स्थानीय प्रहरीले ब्यापक खोजीकार्य गरिरहेको केसीले बताए । सपरिवार पोर्चुगल बस्दै आएका मृतक जि.सी. को श्रीमती र दुई छोरी छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ