arrow

यसकारण झर्दैछन् ओली मधेश 

logo
बाबु नेपाली 
प्रकाशित २०७४ भदौ ३० शुक्रबार
KP-oli-naya-news.jpeg

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरु प्रचारप्रसारको अन्तिम दिन शुक्रबार तराईका विभिन्न जिल्लामा चुनावी कार्यक्रममा सहभागी हुँदैछन् । प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा केन्द्रित भई नेताहरु खटिएका हुन् । 
अध्यक्ष ओलीले शुक्रबार दिउँसो १२ः४५ बजे जितपुर–सिमरा उपमहानगरपालिकामा संवोधन गर्दैछन् । त्यसैगरी ओलीले त्यो कार्यक्रम सकेपछि दिउँसो ३ बजे बर्दिबास नगरपालिकामा संवोधन गर्नेछन् । वरिष्ठ नेता झलनाथ खनालले बाराका विभिन्न स्थानीय तहका कार्यक्रममा सहभागी भई नेतृत्व र सम्बोधन गर्ने कार्यक्रम छ । 
माधवकुमार नेपाल केही दिनअघिदेखि नै तराईमा छन् । आफ्नो गृह जिल्ला रौतहटका साथै नेता नेपालले बारा, पर्सा, महोत्तरीका चुनावी भेला, सभालाई सम्बोधन र उम्मेदवारसँग घरदैलो पनि गरिरहेका छन् । उनले शुक्रबार सिरहाको गोलबजार नगरपालिकामा सम्बोधन गर्ने कार्यक्रम छ । 
एमालेका अन्य नेताहरु उपाध्यक्ष वामदेव गौतम र भीमबहादुर रावल पनि विभिन्न जिल्लाका चुनावी कार्यक्रममा रहने छन् । महासचिव ईश्वर पोखरेल शुक्रबार सिरहा र सप्तरीका कार्यक्रममा केन्द्रित हुँदैछन् । अन्तिम समयमा एमालेका नेताहरु एकाएक तात्नुलाई भने पक्कै पनि गम्भीर रुपले हेरिएको छ । 
किनकि एमालेका नेताहरु मधेशमा जान डराइरहेका थिए । गृहजिल्ला रौतहटबाट चुनाव जिते पनि माधव नेपाललाई धनुषामा कार्यक्रममा सहभागी हुने क्रममा अवरोध गरिएको थियो । त्यसपछि एमालेका नेताहरु अझ बढी डराए ।

किन तर्सिन्छ एमाले मधेशमा ?
डर त्यसैलाई लाग्छ जसले गल्ती गर्छ । मधेश र नेकपा एमालेको आँकडा ठ्याक्कै छत्तीसको छ । गत वर्षको फागुनमा एमालेले थालेको मेची महाकाली यात्राका क्रममा अलि बढी नै उत्तेजक भए एमालेका कार्यकर्ता । त्यही मेसोमा मधेशी दलका कार्यकर्तामाथि जाइलाग्न खोजे । सप्तरीमा भएको यो घटनाले केही कार्यकर्ताको मृत्यु भयो । वाध्य भएर एमालेले कार्यक्रम स्थगित गर्‍यो । त्यसपछि चिसियो मधेशसंगको सम्बन्ध । 
मधेशी दलहरुलाई खेलौना बनाउने काम एमालेले केपी ओली सरकारमा गएपछि बढी नै गर्‍यो । एमालेले संविधान जारी गर्दाताका चाहिने भन्दा अति नगरेको भए कैलालीमा अप्रिय घटना नघट्ने राजनीतिक विष्लेषकहरुको दाबी छ । 
संविधान जारी भइसकेपछि संविधान संशोधन गरी मधेशका माग संवोधन गर्न काँग्रेसले पहल गर्न खोज्दा एमाले तगारो बन्यो । त्यसपछि त ओली सरकारमा गएपछि मधेशका दलहरुलाई खेलौना नै बनाए । पाँच महिनासम्म भारतले संविधान संशोधनकै विषयलाई लिएर नाकाबन्दी गर्दा पनि ओलीले मधेशी दलहरुलाई खेलाए । 
आफूलाई भारतले निम्तो दिएपछि राजेन्द्र महतोजस्ता नेतालाई काठमाडौं झिकाए विभिन्न प्रलोभन दिएर । तर संविधान संशोधन नभएसम्म नेपालै छिर्दिन भनेका महतोलाई ओलीले खेलौना बनाए । महतोका कुनै पनि माग सुनिएनन् । 
राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउन सरकारले जोड गर्‍यो । त्यसमा पनि एमालेकै अवरोध रह्यो । एमालेले मधेशका कुनै पनि माग पूरा हुनुहुन्न भन्दै आएको छ । 
यति धेरै चलखेल गर्ने एमालेका शीर्ष नेताहरु किन मधेश झरे त ? किनकि उनीहरुलाई सत्ता कब्जा गर्ने सुराक मिलेको छ । निकै ठूलो सुरक्षाका साथ ओली मधेश झर्दैछन् । 
मधेशमा हार खाइयो भने अहिलेसम्म बचेको पार्टीको शाख पनि झर्ने भइसकेपछि ओली मधेश झर्न लागेका हुन् । पहिलो र दोस्रो चरणको निर्वाचनमा गरेको चलखेलले प्राप्त सफलता २ नम्बर प्रदेशमा नहुने चिन्ताले ओली रोएका छन् । 
ओलीले काँग्रेस, माओवादी र मधेशी दललाई गाली गरेरै भोट माग्न तल्लीन छन् । तर के ओलीको आँशु मधेशले सुन्ला र ? किनकि ओलीले मधेशलाई पेलेरै रुवाएका छन् । जसले हँसाउन जान्दैन उसले पनि हाँस्ने हैसियत राख्दैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ