arrow

चित्रबहादुरले यस्तो बनाउँदै छन् रणनीति

प्रदेश र केन्द्रको उम्मेदवार बन्न जिल्लाबाट दुई पुरुष र एक महिलाको नाम अनिवार्य

logo
प्रकाशित २०७४ भदौ ३१ शनिबार
Chitra-bahadur-Kc.jpeg

काठमाडौं । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले आगामी रणनीति तय गर्न केन्द्रीय समिति बैठक बोलाएको छ । जनमोर्चाले असोज ७ र ८ गते केन्द्रीय समितिको बैठक बोलाएको हो ।

यो बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्नुका साथै प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको रणनीति बनाउने अध्यक्ष चित्रबहादुर केसीले हाम्राकुरालाई बताए ।

पार्टीले संसदीय बोर्डको गठन, कार्यकर्ताहरुको खटनपटन, आर्थिक संकलन, एजेण्डा मिल्नेहरुसँग तालमेल प्रयास, चुनावी रणनीति कार्यलगायतका विषयमा बैठकमा छलफल हुनेछ ।

के हुँदै छ अहिले ?

राष्ट्रिय जनमोर्चाले अहिले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेद्वार छान्न सबै जिल्लामा छलफल चलाएको छ । पार्टी प्रवक्ता एवं सांसद दुर्गा पौडेलले भनिन्, ‘केन्द्रीय समिति बैठकले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार पनि टुंगो लगाउने छ । अहिले जिल्लाबाट सिफारिस आउने क्रम जारी छ । जिल्लाबाट आएको सिफारिसलाई केन्द्रीय समितिले नै अन्तिम रुप दिनेछ ।’

जिल्लाबाट दुई जना पुरुष र एक जना महिलाको नाम अनिवार्य पठाउनु पर्ने मापदण्ड राखेका छौँ, उनले भनिन्, ‘जिल्ला बाट दुई पुरुष र एक महिलाको नाम अनिवार्य गरेका छौँ । केन्द्रमा आएको सिफारिसबाट अन्तिममा एक जनाको नाम टुंगो लाग्ने छ ।’ यसको अन्तिम निर्णय केन्द्रीय समितिले गर्ने छ । त्यसैका लागि बैठक बोलाइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ