arrow

उदयपुरमा दशैं लक्षित काठ तस्करी

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1005341179.jpeg

गाईघाट । नेपालीको महान् चाड बडादशैँ नजिकिदाँ उदयपुर जिल्लाका विभिन्न राष्ट्रिय तथा सामुदायिक वनमा काठ तस्करी बढेको छ ।

साउने खाँबु गाविसको खाँबु रेन्जरपोष्टका राष्ट्रिय वनमा अहिले वन कर्मचारीको निगरानी कम हुँदा जङ्गल क्षेत्रको काठ तस्करी व्यापक रुपमा बढ्दै गएको स्थानीय होमबहादुर मगरले बताए ।

जेठमा हावाहुरीले लडाएको सो जङ्गल क्षेत्रका काठ रातारात तस्करले ट्राक्टरमा लोड गरेर सुनसरीतर्फ लान थालेको स्थानीयको भनाई छ ।

जिल्लाको पूर्वी क्षेत्रको कटुन्जे सामुदायिक वनक्षेत्र र मैनामैनी क्षेत्रका अधिकांश सामुदायिक वनमा अहिले रातारात व्यापक काठ तस्करी बढ्न थालेको बबला–७ का मीनकुमार राईले जानकारी दिए ।

रामपुर ठोक्सिला गाविसका केही सामुदायिक वनमा समेत एक सातायता व्यापक काठ तस्करी भएको स्थानीय कुमार घिमिको भनाई छ । यो वर्ष उदयपुरमा जेठमा आएको हावाहुरीले हजारौं रुख ढलेका थिए । वेवारीसे ती सबै रुख ढलेकै अवस्थामा थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ