arrow

जगदम्बाले महानगरलाई टेरेन, अनाधिकृत पार्किङ गर्नेलाई कारबाही, स्टल राख्नलाई छुट !

logo
प्रकाशित २०७४ असोज २ सोमबार
tinkune_stall1.jpg

काठमाडौं । आईतबार विहानै डेढ दर्जन प्रहरी आएर विज्ञापनले रंगिचंगी बनाएको तीनकुनेको टिभिएस स्टललाई क्षत विक्षत बनाए । विज्ञापनहरु सबै बोकेर हिँडेपनि । तर, स्टलको माथि रहेको बाँस हटाउन लाग्दा भने जगदम्बा मोटर्सका अधिकारीहरु आएर आफ्नो मोटरसाईलमा धेरै क्षति पुग्ने भन्दै आईतबार साँझसम्म सबै हटाईसक्ने समझदारीमा माथिका बाँसहरु नहटाई फर्किएको महानगरप्रहरी व्यवस्थापन महाशाखाका प्रमुख डिएसपी विष्णु जोशीले जानकारी दिए । आईतबार उनैको नेतृत्वमा टोली आएर भत्काएको थियो । 

स्रोतका अनुसार महानगरपालिकाका उच्च अधिकारीहरुसँगको सेटिङमा सबै काम भएकोले कर्मकाण्डी पाराले महानगरप्रहरीले पनि आएर विज्ञापन मात्रै उठाएर फर्किएको थियो । अनाधिकृत ठाउँमा पार्किङ गर्दा महानगरप्रहरीले मोटरसाईकल गाडीमा हालेर लैजाने महानरपालिकाले सार्वजनिक ठाउँमा विना स्वीकृति स्वरुम सञ्चालन गर्दापनि किन मोटरसाईकलमा क्षति पुग्छ भनेर छाडेर गयो ? यो शंकास्पद विषय बनेको छ। 

गैर कानूनी रुपमा काम भएको कुरा सार्वजनिक भएपछि देखाउनको लागि महानगर प्रहरीले एक्सन चालेजस्तो गर्ने तर आपसी समझदारीमा छाडिएको पुष्टि भएको छ । त्यहाँ राखिएको सबै मोटरसाईकल उठाएर कारबाही गर्नुपर्नेमा महानगरपालिकाले सबै संरचनाहरु भत्काएर मोटरसाईकल त्यहाँ छाडेर गएको थियो । 

त्यहाँ स्टल छाडिएको विषयमा महाशाखा प्रमुख जोशीसँग कुराकानी गर्दा उनले आईतबार साँझसम्म हटाउने समझदारीमा आफूले मोटरसाईकल छाडेर आएको स्वीकार गरे । उनले मोटरसाईकलमा धेरै क्षति पुग्छ भनेकोले माथिका बाँसहरु नझिकी आएको बताए । तर, मोटरसाईकल नलैजाँदा स्टेज भत्काएकै ठाउँमा जगदम्बाले स्टल चलाउँदै आएको छ । 

यो पनि हेर्नुहोस् 

तीनकुनेमा राखेको टिभिएसको स्टल महानगरप्रहरीले भत्कायो

महानगरको स्वामित्व रहेको तीनकुनेमा  टिभिएसको स्टल, न शुल्क तिर्छ न त स्वीकृति

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ