arrow

राजविराजको मतगणना ५ असोज पछि मात्रै 

logo
प्रकाशित २०७४ असोज २ सोमबार
rajbiraj_nagarpalika_map.png

काठमाडौं । राजविराज नगरपालिकामा ५ गतेपछि मात्रै मतगणना सुरुहुने भएको छ । तेस्रो चरण अन्तर्गत भएको स्थानीय तहको निर्वाचनमा नगरपालिकाको १५ नं वडाका वडाध्यक्षका  उम्मेदवारको मृत्यु भएका कारण उक्त नगरपालिकाको मतगणनामा ढिलार्इ हुने भएको सप्तरीका मुख्य निर्वाचन अधिकारी शारदा प्रसाद कोइरालाले जानकारी दिए । 

राष्ट्रिय जनता पार्टी नेपालका वडाध्यक्षका उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि सोमबारको मतदान कार्यक्रम स्थगित गरी यही असोज ५ गते गर्ने निर्णय भएसँगै मतगणनाको कार्य समेत ५ गते पछि मात्र हुने भएको हो ।

जम्मा ३० हजार ३ सय ९६ मतदाता रहेको राजविराज नगरपालिकामा २२ हजार २ सय ४ जनाले मतदान गरेका छन् । उता स्थगित भएको वडामा १ हजार ६ सय ९६ मतदाता रहेका छन् ।
स्थानीय तह अन्तर्गत तेस्रो चरणको निर्वाचन २ नम्वर प्रदेशका १सय ३६ वटा स्थानीय तहमा सोमवार सम्पन्न भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ