arrow

विप्लव सच्चिएनन्, रोल्पाभरी जनपरिषद, थवाङमा जनसत्ता

logo
प्रकाशित २०७४ असोज ४ बुधबार
rolpa-final.png

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले रोल्पाको थवाङमा जनसत्ता पुनः लागू गरेको छ ।

राज्यसत्ता दलाल र पूँजीवादी भएको भन्दै माओवादीले जनसत्ता पुनः लागू गरेको हो । 

गाउँ परिषद नाम दिइएको जनसत्ताको संयोजक किताब घर्तीलाई तोकिएको छ । त्यसमा १७ जना सदस्य छन् ।

अहिले सत्ताबाट न्याय सम्बन्धी सेवा बढी भइरहेको नेकपा माओवादी रोल्पाका सेक्रेटरी दलबहादुर खत्रीले जानकारी दिए ।

रोल्पा जिल्लाभरी नै जनपरिषद गठन गरिएको छ । तत्कालिन गाविसमध्ये थवाङ माओवादीको विशेष ठाउँ भएकाले यहाँ पुनः जनसत्ता लागू गरिएको बताइएको छ । 

थवाङमा हुने सबैखालका काममा जनसत्ताका प्रमुखसँग सहकार्य गर्नुपर्ने नेकपा माओवादीले जनाएको छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ