arrow

जुवा खेल्दै गरेका १० जना पक्राउ

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
963087337.jpeg
ललितपुर । जुवातास खेलिरहेको अवस्थामा बुधबार १० जनालाई प्रहरीले पक्राउ गरेको छ । 

ललितपुर उपमहानगरपालिका–३ झम्सीखेलस्थित मिरर लञ्ज रेष्टुरेन्टको भुइँतलाको कोठामा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दयानिधि ज्ञवालीले बताए । 

पक्राउ पर्नेमा काठमाडौँका सुमन कार्की, विजय खत्री, श्री महर्जन र खोटाङका गणेश कोइराला, नुवाकोटका मङ्गल तामाङ, काभ्रेका हरिबोल खनाल, दोलखाका मानबहादुर तामाङ, सिन्धुलीका चतुरमान बल, धादिङका विकास तामाङ र मकवानपुरका राजु लामा रहेका छन् । 

प्रहरीले जुवा खालबाट नगद रु चार लाख ३६ हजार ५०० बरामद गरेको जनाएको छ । रेस्टुरेन्ट सञ्चालक राजेन्द्र राणालाई पक्राउ गर्न खोजी जारी रहेको प्रनाउ ज्ञवालीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ