arrow

परिणामको रोचक पक्ष : जनता दलको चमत्कारदेखि एमालेको लज्जास्पद पराजयसम्म !

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
sun_pangro.jpg

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत् सोमबार भएको मतदानको अहिलेसम्म ३५ स्थानीय तहको निर्वाचन आईसकेको छ । त्यस्तै, एक सय स्थानीय तहकोमत गणना जारी रहेको छ । त्यस्तो अवस्थामा अहिलेसम्म काँग्रेसले ११ स्थानमा विजय हाँसिल गरेको छ । 

अहिलेसम्मको स्थानीय तहको निर्वाचनमा काँग्रेसले जितेको विषयमा खासै चर्चा गर्ने गरिएको छैन । काँग्रेसले अपेक्षा गरिए अनुसार नै स्थानीय तहमा २ न्र प्रदेशमा अग्रता हाँसिल गर्नेमा दुईमत नै थिएन । तर, यहाँ बिहीबार दुई विषयमा बजारमा चर्चाको विषय बन्यो एउटा राष्ट्रिय जनता दलको विजय र दोस्रोमा एमालेको लज्जास्पद विजय । साथसाथै राजपाको पराजयलाई पनि मानिसले चर्चाको विषय बनाईएको छ । 

नेपाली जनता दलले स्थानीय तहमा विजय हाँसिल गर्नेमा खासै कसैले पनि सोचाई राखेका थिएनन् । तर नसोचेकै विषय भईदियो । पर्साको कालीकामाई गाउँपालिकाको अध्यक्षमा सोही पार्टीका नथुनी कुशबाह २हजार १ सय ५१ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी ललसा देवी कलवारले १९९८ मत मात्रै ल्याए । उनलाई १ सय ५३ मतले कुशवाहले पराजीत गरेका हुन् । कलवार संघीय समाजवादी फोरमका उम्मेदवार हुन् । यही विषयले चर्चा पाएको छ । धेरैले यसलार्इ जनता दलको चमत्कार भनेका छन् ।  

त्यस्तै, एमालेले भोगेको लज्जास्पद पराजयलाई पनि अहिलेको चर्चाको विषय बनाईएको छ । एमालेले ५ स्थानीय तहमा विजयी भएको छ भने १४ स्थानमा अग्रता हाँसिल गरेको छ । जुन राजपाको भन्दा पनि कम हो । यस प्रदेशमा एमाले पाँचौ भएको छ । यही दुई विषयलाई अहिले दोस्रो चरणको निर्वाचनको आकर्षणको रुपमा लिईएको छ । एमाले अत्यधिक स्थानीय तहमा विजयी भएको खण्डमा यही १९ वटा स्थानीय तहमा मात्रै विजयी हुने देखिन्छ । यस बाहेक एमालेले अग्रता हाँसिल गरेका बाहेक अन्यमा धेरै स्थानमा एमाले चौथासम्म भएकोले एमालेले यस भन्दा बढी स्थानीय तहमा जित्ने सम्भावना ज्यादै न्यून देखिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ