arrow

संविधान कार्यन्वयनको बाटोमा : उपप्रधानमन्त्री श्रेष्ठ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ असोज ६ शुक्रबार
gopalmaan.png

स्याङ्जा । नेपाल सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले नेपाली जनताले लेखेको संविधान अन्ततः कार्यन्वयनको पक्षमा पुगेको बताएका छन् । स्याङ्जाको वालिङ नगरपालिका भवनको उदघाटन तथा स्मार्ट वालिङ पिङ्क कलरको शुभारम्भ गर्दै उपप्रधानमन्त्री श्रेष्ठले तिन चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनले संविधान कार्यन्वयनको बाटो तर्फ लम्केको बताएका हुन् । संविधानमा असन्तसष्ट रहेको मधेशीदलले पनि तेस्रो चरणको निर्वाचनमा भाग लिएकाले अव सबै दलहरुले यो संविधानको अपनत्व लिएको दावी उपप्रधान मन्त्री श्रेष्ठले गरे ।

संघिय संरचना अनुरुप निर्माण भएको नेपालको संविधान २०७२ संघ र प्रदेशको निर्वाचन सम्पन्न भएपछि पूर्णरुपले कार्यन्वयन हुने श्रेष्ठको भनाई छ । सरकारले दुई चरणमा गर्ने  संघ र प्रदेशको निर्वाचन तोकिएकै मितिमा हुने श्रेष्ठले जिकिर गरे । २०७४ माघ ७ गते भित्र तिन चरणको निर्वाचन गर्नुपर्ने संविधानमा उल्लेख भए अनुसार स्थानीयतहको निर्वाचन सम्पन्न भइसकेको र संघ र प्रदेशको निर्वाचन पनि सम्पन्न हुने श्रेष्ठको भनाई छ । संविधान पूर्णरुपले कार्यन्वयन भएपछि आर्थिक, कृषि, औद्योगीक क्रान्ति तर्फ लाग्न सबैदलहरु एक हुनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठले आग्रह गरे । अव मुलुकलाई समृद्ध बनाउन तेरो र मेरो नभनीकन सबैदलहरु एक जुट भएर मुलुकलाई निकास दिने तर्फ लाग्नु पर्ने आवश्यकता आएको श्रेष्ठको भनाई थियो ।

शिक्षा मन्त्री समेत रहेका श्रेष्ठले अवको शिक्षा जिवन उपयोगी र व्यवसायीक हुनुपर्ने बताए । हरेक सामुदायीक विद्यालयमा व्यवसायीक शिक्षा लागु गर्ने योजनामा सरकार रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले सबै युवाहरुलाई रोजगारमुलक शिक्षा दिएर बैदेशिक रोजगारमा जानबाट रोक्नुपर्ने धारणा व्यक्त गरे । उपप्रधान मन्त्री भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला आएका श्रेष्ठले स्याङ्जाको विकासका लागि आफु सधै तत्पर रहेको बताए । हरेक संसदीय निर्वाचनमा चुनाव लड्दै आएका श्रेष्ठले अव हुने संघको निर्वाचनमा पनि यही क्षेत्रबाट लड्न सक्ने शंकेत सुनाए ।

कार्यक्रममा व्यवस्थापिका संसदद्धय कमलप्रसाद पंगेनी, राजु थापा, प्रमुख जिल्ला अधिकारी महेश आचार्य, नेकपा एमालेका पाटी प्रतिनिधि दानबहादुर गुरुङ्, माओवादी केन्द्रका प्रतिनिधि प्रकाश न्यौपाने, राजमोका जिल्ला अध्यक्ष राजेन्द्र गैहे्र, नगर प्रमुख दिलिपप्रताप खाँण, उपप्रमुख कल्पना तिवारी, कार्यपालिका सदस्य रेखा थापा लगायतका बक्ताहरुले वालिङलाई स्मार्ट सिटीको रुपमा विकास हुन थालेकोमा खुशी व्यक्त गरे । २०५४ सालमा नगरपालिका घोषणा भएको वालिङलाई स्मार्ट सिटीको अवधारणा अनुसार विकास गर्न अगाडी बढेको छ । नगरपालिकालाई जग्गा प्रदान गर्ने जग्गादाता, निर्माण कार्यमा भुमिका निर्वाह गर्ने पूर्व कार्यकारीहरु लगायतका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ