arrow

धनुषामा काङ्ग्रेस र माओवादी मिल्दापनि एमालेलाई जित्न सकेनन् 

logo
प्रकाशित २०७४ असोज ६ शुक्रबार
uml-flag.png

काठमाडौं । सत्तारुढ दलबीच गठबन्धन गरेर चुनाव लडेको धनुषाको मिथिला नगरपालिकामा गठबन्धन पराजीत भएको छ । सोमबार भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा गठबन्धनलाई पराजीत गर्दै एमाले विजयी भएको निर्वाचन अधिकारी दशरथ गौतमले जानकारी दिए । 

नगरपालिकाको मेयरमा एमालेको तर्फबाट उम्मेदवारी दिएका हरिनारायण महतोले ६७ सय ४० मत पाए भने निकटमत प्रतिस्पर्धी कांग्रेसका राजकुमार महतोले ५१ सय ७८ मत पाए । नगरपालिकाको उपमेयरमा पनि एमालेकै उम्मेदवार ताराकुमारी बस्नेत विजयी भईन् । उनले ६६ सय ६५ मत ल्याउँदा माओवादीका मीन बहादुर जर्घामगरले ६३ सय ३८ मत पाएको गौतमले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ