arrow

शान्ति शिक्षा अभियान नेपालद्धारा बासुकी माध्यमिक विद्यालय पुनर्निर्माण

logo
प्रकाशित २०७४ असोज ८ आइतबार
school-reconstruction.jpg

ललितपुर । शान्ति शिक्षा अभियान नेपालले ‘भुकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण–मर्मत कार्यक्रम २०७२–७३’ अन्तर्गत बासुकी माध्यमिक विद्यालय पुनर्निर्माण गरेको जनाएको छ । 

अभियानले बिल्डुङ्गस फोर्डरुङ्ग नेपाल इभी जर्मनी र एमीकोर्प न्यूजिल्याण्डको आर्थिक सहयोगमा बासुकी माध्यमिक विद्यालय निर्माण भएको जनाएको हो । 

महालक्ष्मी नगरपालिका–१० ललितपुरमा निर्माण भएको दुईवटा भवन, गत असोज ४ गते ललितपुर क्षेत्र नं ३ का सांसद तथा नेपाली काँग्रेस ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्यको प्रमुख आतिथ्यतामा भवन उद्घाटन तथा हस्तान्तरण गर्दै सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको अभियानले विज्ञप्तिमार्फत जनाएको छ । 

संस्थाले यस विद्यालयसहित दोलखा, काभ्रे, काठमाडौं र ललितपुरमा कुल रु ३ करोडको लागतमा २४ वटा विद्यालय भवन मर्मत तथा पुननिर्माण गरि समुदायलाई हस्तान्तरण गर्न सफल भएको छ । 

बासुकी माध्यमिक विद्यालयको हलमा आयोजित कार्यक्रममा शान्ति शिक्षा अभियान नेपालकी कार्यकारी निर्देशक रचना महर्जनले भवन निर्माण गरिएकोे कुल लागत रकम रु २९,९७,८२८ को विस्तृत खर्च विवरण कार्यक्रममा उपस्थित जनसमुदाय माझ प्रस्तुतीकरण गरी जानकारी गराएकी थिइन् । 

यसैगरी शान्ति शिक्षा अभियान नेपालका अध्यक्ष रबिन्द्र महर्जनले भुकम्पले क्षतिग्रस्त भई असुरक्षित कक्षाकोठाहरु बसी विद्यार्थीहरु तथा शिक्षकहरुले अध्ययन अध्यापन गर्नु पर्ने अवस्था रहेकोमा दातृ निकायहरुको सहयोगमा भुकम्प प्रतिरोधी कक्षाकोठाहरु बनाई विद्यालयमा शैक्षिक वातावरण सृजना  गर्न पाउँदा आफु अत्यन्त हर्षित भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि मदनबहादुर अमात्यले भुकम्पले विद्यालयमा बालबलिकाहरुलाई पठनपाठन गर्न उपयुक्त कक्षाकोठाको व्यवस्था हुनुका साथै शिक्षक शिक्षिकाहरुलाई अध्यापन गराउन सहज वातावरण श्रृजना भएकोमा धन्यबाद व्यक्त गर्नुका साथै शिक्षक शिक्षिकाहरुलाई आफ्ना विद्यार्थीहरुलाई शिक्षा दिनुका साथै एक असल नागरिक बन्न उत्प्रेरणा गर्नुहुने अपेक्षा जाहेर गरे । 

उक्त कार्यक्रममा विशेष अतिथि सांसद चन्द्र महर्जनले विद्यालयमा सुरक्षित कक्षाकोठाहरु निर्माण भएकोले खुशी व्यक्त गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ