arrow

फुटसल खोल्न प्रहरी सकारात्मक

logo
प्रकाशित २०७२ माघ १ शुक्रबार
footsall.jpg.jpeg
काठमाडौं । प्रहरी र प्रशासनले काठमाडौंमा रहेका सबै फुटसल तत्कालका लागि बन्द गराएपछी खेल क्षेत्रलाई असर गर्ने कार्य नगर्न चौतर्फी दबाब बढेको छ । प्रहरीले विहिबारबाट फुटसल तत्कालका लागि बन्द गराएको जानकारी गराएको थियो । प्रहरी–प्रशासनले स्थानीयको उजुरीकै अधारमा फुटसललाई निगरानीमा राखिएको बताएको छ । पछिल्लो समय काठमाडौंमा खेल अभ्यासका लागि फुटबल मैदानको अभाव भइरहेका बेला लोकप्रिय बन्दै गइरहेको फुटसललाई प्रतिबन्ध गर्नु सरकारी हस्तक्षेप हो, भन्ने टिप्पणीहरु भएपछि प्रहरीले आफुहरुले दोहोरो छलफलबाट समस्या समाधान गर्ने जानकारी गराएको छ । 
 
काठमाडौं प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले विहिबारै बन्द समाधान नभएको बताउँदै फुटसलका नाममा भइरहेका अवाञ्छित गतिविधि नरोकिए सम्मका लागि रोक लगाएका हौं, , बन्दै गर्न खोजेका होइनौं–भने । सुवेदीले भने,‘उहाँहरुसंग छलफल हुन्छ, हामी छलफलबाट चाँडै समाधान खोज्छौं ।’ छलफलका क्रममा सबैको विधिप्रक्रिया हेरिन्छ । दर्ता नभएकाहरु दर्ता प्रक्रियामा जान्छन्, कर नतिर्नेहरु करको दायरामा आउँछन् । यसलाई ठूलो विषय बनाइँदैन । 
 
यस्तै नेपाल प्रहरीले समेत खेलकुदको विकासमा प्रभावकारी भूमिका खेल्दै आइरहेको जनाउँदै व्यवसायीकै सहयोगमा व्यवस्थित तवरले नियम तथा अनुगमन गर्ने व्यवस्था सहित फुटसल पुनः संचालनमा ल्याउने जनाएको छ । प्रहरीले लिखितरुपमै सवैको जानकारीका लागि वक्तव्य जारी गरेको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ