arrow

दशैंका बेला कोरियामा तीन नेपालीको मृत्यु

logo
प्रकाशित २०७४ असोज ११ बुधबार
south-korea.jpg

सोल । देश विदेशमा रहेका नेपाली हिन्दूरुको महान् पर्व दशै मनाउने तयारीमा रहेको बेलामा दक्षिण कोरियामा रोजगारीमा आएका तीन नेपालीको मृत्यु भएको छ। 

रोजगार अनुमति प्रणाली ईपीएस मार्फत करिब चार महिना अघि यहाँ आएका गुल्मी स्थायी घर भई बुटवलको नयाँगाउँ बस्दै आएका कमल कार्कीले आत्महत्या गरेको भोलिपल्ट मंगलबार सुतेको अवस्थामा थप एक जना र औद्योगिक दुर्घटनामा अर्को एक गरी तीन जनाको मृत्यु भएको हो।

ख्यङगिदोको हवासङस्थित छोआमको एक मोर्टरपार्टस बनाउने कम्पनीमा कार्यरत कार्की कम्पनीको छेउमा रहेको गोदामको फलामे बिमामा झुण्डिरहेको अवस्थामा फेला परेका थिए भने इन्छनको एक कम्पनीमा कार्यरत प्युठानका अर्जुनराम केसी औद्योगिक दुर्घटनामा परी मृत्यु भएको दुतावासले जनाएको छ । 

कम्पनीमा कार्यरत एक सहकर्मीले भुलवश मेसिन चलाएपछि उक्त दुर्घटना हुन पुगेको बताइएको छ।

त्यस्तै सोमबार राती मध्यपान गरेर सुतेका गुल्मीकै एक युवा विहान मृत अवस्थामा भेटिएका छन् । मृतकको विस्तृत विवरण आउन भने बाँकि छ। मृतकको शव अहिले अस्पतालमा राखिएको दुतावासले जनाएको छ ।

रोजगारी अनुमति प्रणाली इपिएस मार्फत रोजगारीका लागि नेपाली आउने क्रम बढेसँगै आत्महत्या, कार्यस्थल दुर्घटना लगायत विभिन्न कारणले ज्यान गुमाउने नेपालीको संख्या वृद्धि भइरहेको छ । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ