arrow

डा महेशकुमार सत्याग्रहमा, आंशिक प्राध्यापकले यसपटक दशैं नमनाउने

logo
प्रकाशित २०७४ असोज ११ बुधबार
tribhuvan-university.jpg

काठमाडौं । त्रिभुवन बिश्वबिद्यालयका आंशिक प्राध्यापकलाई करार गर्न माग गर्दै डाक्टर महेशकुमार गजुरेलले आमरण अनसन शुरु गरेका छन् । 

उनले त्रिभुवन बिश्वबिद्यालयको केन्द्रीय कार्यालयको गेट कीर्तिपुरमा आमरण अनसन शुरु गरेका हुन् । आमरण अनसन शुरु गर्दै उनले बिश्वबिद्यालयले बर्षौंदेखि बौद्धिक शोषण गरिरहेकाले बाध्य भएर सत्याग्रह गर्नुपरेको बताए । बौद्धिक समुदायबाट राज्यले विज्ञता लिनुपर्नेमा चरम शोषण गर्नु लाजमर्दो भएको उनको भनाइ छ ।

कार्यक्रममा आंशिक प्राध्यापक सङ्घका निबर्तमान अध्यक्ष शशीकुमार शर्मा, आन्दोलन परिचालन समितिका संयोजक नरेन्द्र भण्डारी, सहसंयोजक ठमिन्द्र खतिवडा लगगायतले अब आन्दोलन शसक्त बनाउने र राज्यले अझै पनि माग सुनुवाइ नगरे देशभर सत्याग्रह शुरु गर्ने चेतावनी दिए । 

यसैबीच, डाक्टर गजुरेललाई आङ्गिक प्राध्यापकको अध्यक्ष बनाइएको घोषणा पनि गरिएको छ ।

आंशिक प्राध्यापकले यसपटक दशैं नमनाउने
त्रिभुवन बिश्वबिद्यालय अन्तरगतका सबै आंशिक प्राध्यापकले यो दशैं नमनाउने घोषणा गरेका छन् । 

अहिले आन्दोलन र आमरण अनसनमा रहेका प्राध्यापकले चाडपर्व मनाउन नसक्ने भएकाले सबै आन्दोलनमा होमिने र जुन दिन आन्दोलन सफल हुन्छ त्यही दिन टीका लगाउने घोषणा गरेका हुन् ।

लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ