arrow

नेपाल बंगबन्धु गोल्डकपको सेमिफाइनलमा, समूह विजेताको टुंगो लाग्दै, श्रीलंका बाहिरियो

logo
प्रकाशित २०७२ माघ १ शुक्रबार
nepali-tim-foot.jpg.jpeg
काठमाडौं । नेपाल बंगलादेशको ढाकामा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनलमा पुगेको छ । नेपाल आयोजक बंगलादेशसंग आपसमा भिड्नुअघि नै सेमिफाइनलमा पुगेको हो । समूहको अन्तिम खेलमा शुक्रबार सवा ६ बजे साँझ नेपाल र बंगलादेश आमने सामने हुँदै छन् । यी दुईबीचको खेल समूह विजेताका लागि निर्णायक हुनेछ  । समूह ‘ए’को अर्को खेलमा शुक्रबार दिउँसो श्रीलंकाले मलेसिया –११ लाई २–१ ले हराएपछि नेपाल र बंगलादेश आपसी भिडन्तअघि सेमिफाइनलमा पुगेका हुन् ।
 
यसअघि, समूहको आफ्नो पहिलो खेल गोल रहित बराबरीमा सक्काएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई १–० ले हराएर ४ अंक बनायो । मलेसिया–११ संग गोेलरहित बराबरी खेल्दै नेपालले १ अंक जोडेको थियो । अब, नेपाल र बंगलादेशको समान ४–४ अंक भएको छ । श्रीलंकाको ३ तथा मलेसिया–११ को २ अंक छ । श्रीलंका र मलेसिया–११ प्रतियोगिताबाटै बाहिरिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ