arrow

चित्रबहादुरले अहिलेसम्म कति जना उम्मेदवार छाने?

logo
प्रकाशित २०७४ असोज १२ बिहिबार
Chitra-bahadur-Kc.jpeg

काठमाडौं । स्थानीय तहको निर्वाचन सकिएसँगै राजनीतिक दलहरु प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रीत भएका छन् ।

दलहरुलाई दशैँ भन्दा पनि उम्मेदवार छनोट र चुनावी चटारोले बढि छोएको छ । आगामी मंसिर १० र २१ गतेका लागि तय भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका अनुसार २९ असोजमा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाइसक्नु पर्ने छ ।

जसले दलहरुलाई निकै व्यस्त बनाएको छ । यस्तै, अहिलेको संघीय संरचनाप्रति विमत्ति जनाउँदै आएको राष्ट्रिय जनमोर्चा धमाधम उम्मेदवार टुंगो लगाउन व्यस्त छ ।

जनमोर्चाको संसदीय बोर्डले नियमित छलफल गरिरहेको छ । जनमोर्चाले अहिलेसम्म बाग्लुङ क्षेत्र नम्बर १ र प्यूठानको प्रतिनिधिसभातर्फको मात्रै उम्मेदवार टुंगो लगाएको छ ।

प्रतिनिधिसभामा बाग्लुङ क्षेत्रनम्बर १ बाट अमर थापाले टिकट पाउने पक्का भएको छ । यस्तै, प्यूठानबाट अहिले संसद सदस्य रहेकी दुर्गा पौडेल नै दोहोरिने भएकी छन् । उनी अहिले पार्टीको प्रवक्ता छन् । बाग्लुङ क्षेत्र नम्बर २ को उम्मेदवार टुंगो लगाउन छलफल भइरहेको छ ।

जनमोर्चाले जिल्लाबाट एक महिला अनिवार्य गरेर ३–३ जनाको नाम सिफारिस गर्न भनेको थियो । सबै जिल्लाबाट सिफारिस आइसकेको प्रवक्ता दुर्गा पौडेलले जानकारी दिइन् ।

उम्मेदवार छनोट गर्न पार्टी अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा संसदीय बोर्ड गठन भएको छ । जसमा केसी जनकराज शर्मा, दुर्गा पौडेल, हिमलाल पुरी, मनोज भट्ट, कृष्ण खड्का सदस्य छन् ।
पार्टी प्रवक्ता पौडेलले एक साताभित्र उम्मेदवारहरुको नाम टुंगो लागिसक्ने बताएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ