arrow

धमाधम हुँदै छ विकास : धरान–चतरा–गाईघाट सडक दुई लेनको बन्दै

logo
प्रकाशित २०७४ असोज १५ आइतबार
sadak_.PNG

काठमाडौं । धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली हुँदै हेटौडा जोड्ने सडक दुई लेनको बनाउने काम सुरु भएको छ ।

दुई लेनमा स्तर उन्नती गर्दा सडक ११ मिटर चौडा हुने सडक विभागका महानिर्देशक गोपाल सिग्द्धेलले जानकारी दिएका छन् ।

भित्रि मधेशका चार जिल्ला सुनसरी–उदयपुर–सिन्धुली र मकवानपुरको आर्थिक विकास तथा वैकल्पिक राजमार्गका रुपमा स्थापित गर्न यो सडकखण्ड विस्तारको कामलाई तीव्रता दिइएको हो ।

३ सय १८ किलोमिटर लामो यो सडकलाई पूर्वी र पश्चिम गरी दुई भागमा विभाजन गरेर विस्तारको काम भइरहेको छ ।

पूर्वी भाग अन्तर्गत उदयपुरको बसाहादेखि सिन्धुलीको भिमान भनिने ठाउँसम्म १ सय ३५ किलोमिटर तथा भिमानबाट हेटौंडासम्मको बाँकी सडकलाई पश्चिमी भागमा विभाजन गरी काम भैरहेको सडक आयोजनाले जनाएको छ ।

दुवैको ठेक्का गएको मंसिर महिनामै पूरा भएको पूर्वी आयोजनाका प्रमुख इन्जिनियर कर्ण रानाभाटले जानकारी दिए ।

पोहोर साल अन्त्यतिरबाटै अन्य काम सुरु भएपनि अहिले विस्तारका लागि निर्माण कार्य सुरु गरेको उनले जानकारी दिए ।

यो सडकले सुनसरी उदयपुर, सिन्धुली र मकवानपुरका अधिकाँश क्षेत्र जोड्दै पूर्व पश्चिम राजमार्गको विकल्पका रुपमा काम गर्ने रानाभाटले बताए ।

अहिले दुवै खण्डका ट्रयाक खोल्ने पूरा भइसकेको छ । अहिले आयोजनाले रुख कटान, विद्युतका पोलहरु सार्ने लगाएतका कामहरु गरिरहेको छ ।

यो वैकल्पिक मार्गमा ७५ वटा पुल बन्नेछन् । ति सबै पुलका लागि ठेक्का भइसकेको सडक आयोजनाले जनाएको छ ।

अहिले कालोपत्रे भइसकेको करिव २० किलोमिटर वीपी राजमार्ग र पूर्वी खण्डको ४८ किलोमिटर सडक विभागले स्तरोन्नती तथा कालोपत्रेको जिम्मा लिएको विभागका प्रवक्ता दयाकान्त झाले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ