arrow

चिकित्सकका अनेक रुप, हेल्मेट लगाएर उपचारमा

logo
प्रकाशित २०७४ असोज १९ बिहिबार
doctor-helmet.jpg

काठमाडौं । सरकारले सुरक्षाको ग्यारेन्टी नगरेको र दोषीलाई कारबाही गर्ने उचित कानुन नबनाएको भन्दै देशभरका चिकित्सकले हेल्मेट लगाएर बिरामीको उपचार गर्न थालेका छन् । 

चिकित्सकले हेल्मेट लगाएर उपचार गरेको देख्दा बिरामी आश्चर्यमा परेका छन् । बुधबार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले सुरक्षित रहनुपर्ने अवस्था सिर्जना भएको भन्दै आकस्मिक लगायत सबै उपचार गर्दा हेल्मेट लगाएका हुन् ।

सरकार र नेपाल मेडिकल एसोसिएसन (एनएमए) बीच भएको सम्झौता व्यावहारिक नभएको भन्दै लामो समयदेखि आन्दोलित चिकित्सकले यसअघि एक सातासम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका थिए ।
 
सेवा ठप्प पार्दा बिरामी नै मर्कामा परेको भन्दै उनीहरू काममा फर्किए पनि आन्दोलन जारी रहेको घोषणा गरेका थिए । वीर अस्पतालमा कार्यरत डा कालुसिंह खत्रीले उपचारका क्रममा बिरामीपक्षबाटै असुरक्षित भएको र सुरक्षा दिन सरकारले चासो नलिएकाले आफूहरूले हेल्मेट लगाएर उपचार गर्न थालेको बताए ।

 ‘हामीले प्राप्त गरेको ज्ञान र सीपका आधारमा बिरामीको उपचार गर्ने हो । उपचार प्रक्रिया सतप्रतिशत सफल हुन्छ भन्ने कुनै निश्चितता हुन्न । हामीले जहिले पनि आफूले गर्न सक्ने सबै प्रयास गरेका हुन्छौं । तैपनि हामीमाथि लापरबाही गरेको आरोप लाग्छ । गल्ती नभए पनि हामीमाथि पनि आक्रमण हुन्छु, डा खत्रीले भने ।

एकीकृत आन्दोलन सञ्चालन गर्न युवा चिकित्सक संलग्न ११ वटा संस्थाले ‘टास्क फोर्सुसमेत गठन गरेका छन् । सरकार(एनएमए सम्झौता अस्पष्ट भएको भन्दै उनीहरूले आन्दोलनरत विभिन्न संघ संस्थाबीच पर्याप्त छलफलपछि मात्र सरकारसँग सम्झौता हुनुपर्ने माग गरेका छन् । 

युवा चिकित्सकको विकासमा बाधा पुग्ने गरी चिकित्सकको सेवानिवृत्त हुने उमेर ६५ वर्ष पुर्‍याउने सम्झौता खारेज गर्नुपर्ने उनीहरूको माग छ । माग पूरा गर्न सरकारले आलटाल गरेको भन्दै उनीहरूले आन्दोलनको स्वरुप परिवर्तन गरेर कालोपट्टि बाँधेर हेल्मेट लगाई सेवा दिएका हुन् ।

एनएमएसँग भएका सम्झौता कार्यान्वयनका क्रममा गठन हुने हरेक समितिमा सरकारी र गैरसरकारी चिकित्सकबाट एकरएक युवा प्रतिनिधि अनिवार्य संलग्न गराउन समेत उनीहरूले माग गरेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाको रोहबरमा गत शुक्रबार स्वास्थ्य मन्त्रालयले चिकित्सक तथा अस्पतालविरुद्ध आक्रमण र दुव्र्यवहार गर्नेमाथि कडाभन्दा कडा कारबाहीको व्यवस्थासहित कानून संशोधन गर्ने सहमति जनाएपछि एनएमएले आन्दोलन फिर्ता लिएको थियो । 

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन २०६६ र त्यससम्बन्धी नियमावली २०६९ संशोधन गर्ने सम्झौतामा स्वास्थ्य सचिव डा। किरण रेग्मी र एनएमएका अध्यक्ष डा। मुक्तिबहादुर श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

सम्झौताका बेला चिकित्सकले उपचारमा लापरबाही गरेको पुष्टी भए उनीहरूमाथि कारबाहीका लागि एनएमएले सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । आफूमाथि आक्रमण र दुव्र्यवहार बढेको भन्दै गत असोज २ गते देखि एनएमए आन्दोलनमा उत्रिएको थियो । 

डक्टर्स सोसाइटी अफ नेपाल, सरकारी चिकित्सक संघ, राष्ट्रिय चिकित्सक संघ, नेपाल डेन्टल एसोसिएसन, रेजिडेन्ट एसोसिएसन अफ न्याम्स, जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी, डक्टर्स फर चेन्ज, सोलिडारिटी फर डा केसी अलायन्स, नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी, स्वतन्त्र विद्यार्थी युनियन, महाराजगन्ज मेडिकल क्याम्पसलगायत आन्दोलनमा संलग्न छन् । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ