arrow

पद्मश्री साहित्य पुरस्कार र साधना सम्मान पराजुली, शर्मा र घिमिरेलाई 

logo
प्रकाशित २०७४ असोज २० शुक्रबार
padhma-shree.jpg

काठमाडौँ । खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानद्वान स्थापित नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गरिने ‘पद्मश्री साहित्य पुरस्कार’ कवि नवराज पराजुलीलाई उनको कविताकृति ‘सगरमाथाको गहिराइ’का लागि प्रदान गरिएको छ । 

त्यस्तै साहित्यिक पत्रकारितामा दीर्घ योगदान पुर्‍याएका वरिष्ठ पत्रकार नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई संयुक्त रुपमा ‘पद्मश्री साधना सम्मान’ दिइयो । 

दुवै पुरस्कार र सम्मानका साथ रु दुई लाख तथा प्रशंसापत्र छन् । 

यहाँ बिहिबार आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सिर्जना तथा समर्पणमा प्रतिस्पर्धा हुँदैन भन्दै आगामी वर्षदेखि पद्मश्री पुरस्कारका लागि १० कृतिको सूची दिइने जानकारी दिए । 

प्रतिष्ठानका सदस्य सचिव डा रवीन्द्र समीरले संस्थाको विगत तथा आगामी कार्यक्रमबारे प्रकाश पारेका थिए । 

सम्मानित व्यक्तित्व शर्माले सम्मानले आफ्नो दीर्घ साधनाको मूल्यांकन भएकामा प्रसन्नता व्यक्त गरे ।

पद्मश्री साहित्य पुरस्कार विजेता पराजुलीले काव्यिक मन्तव्यसहित ‘रुख’ शीर्षक कविता प्रस्तुत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ