arrow

ताप्लेजुङको पोल्टामा फाल्गुनन्द गोल्डकप

डिफेन्डिङ च्याम्पियन फिदिम स्पोटिङ क्लव पाँचथरलाई ० का विरुद्द २ गोल गर्दे ताप्लेजुङले उपाधि आफनो पोल्टामा पार्न सफल भएको हो ।

logo
प्रकाशित २०७२ माघ २ शनिबार
tpj-bijyi.jpg.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । पहिलो पटक कर्ण सिंह सोनाम मेमोरियल ताप्लेजुङ पाँचथरको फिदिममा सम्पन्न पूर्वान्चल स्तरीय फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि हात पारेको छ । शनिवार भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन फिदिम स्पोटिङ क्लव पाँचथरलाई ० का विरुद्द २ गोल गर्दे ताप्लेजुङले उपाधि आफनो पोल्टामा पार्न सफल भएको हो । विजेता बनेसँगै ताप्लेजुङले १ लाख ११ हजार १ सय ११ रुपैया हात पारेको छ ।

यस्तै गत वर्षको विजेतका बनेको फिदिम स्पोटिङ क्लव उपविजेता चित्त वुझाउन वाध्य भयो । उसले उपविजेता वनेसँगै ५५ हजार ५ सय ५५ रुपैया हात पारेको छ । खेल निकै प्रस्पिर्धात्मक भएपनिे पाएको सुनौला अवसर सदुपयोग गर्न नसक्दा फिदिम स्पोटिङ हार बेहोर्न वाध्य वन्यो । ताप्लेजुङका लागि पहिलो हाफको ८ औ मिनेटमै रोजिन धिमालले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । यस्तै दोस्रो हाफको ५ औ मिनेटमा फिदिम स्पोटिङका नरेश लिम्वूले आत्मघाती गोल गर्न पुगेका थिए । यसअघि भारतको सिक्किमलाई ० का विरुद्द ५ गोलले पराजित गर्दे ताप्लेजुङ फाइनल प्रवेश गरेको थियो भने चर्च ब्वाइज यूनाइटेडलाई ० का विरुद्द १ गोल गर्दे फिदिम स्पोटिङ फाइनलमा पुगेको थियो ।

यस्तै आजको खेलमा म्यान अफ दि म्याच ताप्लेजुङका दिनेश कार्की घोषत भए । प्रतियोगितामा सर्वोधिक गोलकर्ता ताप्लेजुङका रोजिन धिमाल सर्वोश्रेष्ठ खेलाडी घोषित भए । यस्तै ताप्लेजुङकै उत्कृष्ट डिफेन्डर विजय धिमाल,उत्कृष्ट कोच ताप्लेजुङकै विश्व लिम्वू,उत्कृष्ट किपर रवि थापा घोषित भए । यसैगरी फिदिम स्पोटिङका उत्कृष्ट फरवार्ड धिरज तामाङ, फिदिम स्पोटिङकै पिटर सेगुन उत्कृष्ट मिडफिल्डर घोषित भए ।

प्रतियोगिताको विजेता टिम र खेलाडीलाई उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण संसदिय समितीका सभापति तथा सभासद भिष्मराज आङदेम्वेले पुरुस्कार वितरण गरेका थिए । समाजसुधारक फाल्गुनन्द लिङदेनको सम्झनामा वि.स.२०६५ सालदेखि फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता शुरु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ