arrow

साउदीमा एक नेपालीको दुर्घटनामा परी मृत्यु

logo
प्रकाशित २०७४ असोज २२ आइतबार
accident-final.jpeg

पाँचथर । सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मृत्यु भएको छ । 

शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिकेकी सुकपाल विश्वकर्माले जानकारी दिए । 

नेपाल फर्काउन परिवारले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । 

दुई वर्षअघि साउदी पुगेका उनका दुई श्रीमती र तीन छोरी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ