arrow

वरुण बने बलिउडको ७ औँ ठूलो सुपरस्टार, उनि भन्दा अगाडि को ?

'जुडुवा २' को सफलतासँगै वरुणको बढ्यो पारिश्रमिक

logo
प्रकाशित २०७४ असोज २३ सोमबार
varun2.jpeg

एजेनसी । बलिउड अभिनेता वरुण धवनको चलचित्र 'जुडुवा २' ले  बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । २९ सेक्टेम्बरमा रिलिज भएको चलचित्रको सफलतासँगै वरुणको पारिश्रमिक पनि बढेको छ । भारतिय सञ्चारमाध्यमका अनुसार 'जुडुवा २'  सुपरहिट भएपछि  वरुणले आफ्नो पारिश्रमिक बढाएका हुन् ।

योसँगै उनि अब एक चलचित्र खेले बापत  करीब २५ करोड भारतीय रुपैया लिनेछन् ।  यस हिसाबले हेर्ने हो भने वरुण अब बलिउडका ७ औँ ठूलो सुपरस्टार बनेका छन् । उनि भन्दा माथि सलमान खान  , शाहरुख खान, आमिर खान लगायत अक्षय कुमार, ऋतिक रोशन र अजय देवगन रहेका छन् ।

उमेरको हिसाबले हेर्ने हो भने बरुण कम उमेरमै धेरै परिश्रमिक लिनेमा एक मात्र बलिउड कलाकार हुन् ।  भारतीय ट्रेड एक्सपर्टका अनुसार अक्षय कुमार एक चलचित्रमा अभिनय गरे बापत २० करोड  रुपैया लिने गरेका छन् ।  साथै उनि चलचित्रको नाफाको हिस्सा पनि लिने गर्छन् ।

त्यस्तै सलमान, शाहरुख र आमिर पनि पारिश्रमिक लगायत चलचित्रको नाफा लिन्छन् भने  चलचित्रमा निर्माता पनि बन्ने गरेका छन् । अजय देवगन चलचित्रको लागि ४० करोड रुपैया लिने गरेका छन् । ऋतिक रोशन एक चलचित्रको लागि ३० करोड रुपैया चार्ज लिन्छन् ।

'जुडुवा २' ले रिलिज भएको ९ दिनमा १०८ करोड भन्दा ज्यादा कमाइ गरेको छ । अब 'जुडुवा २' वरुणकै अर्को चलचित्र 'बद्रीनाथ की दुल्हनिया' भन्दा ८ करोड रुपैया कम रहेको छ । 'बद्रीनाथ की दुल्हनिया' ले ११६ करोड रुपैया कमाइ गरेको थियो ।

'जुडुवा २' को कलेक्शन शाहरुखको चलचित्र 'रईस' र अक्षय कुमारको 'ट्वाइलेट : एक प्रेम कथा'को नजिक पुगेको छ ।  'रईस' ले  १३७ करोड कमाइ गरेको थियो भने ट्वाइलेटले १३४ करोड ।

ट्रेड एनालिस्ट अतुल मोहनका अनुसार वरुण धवनलाई युवा देखी बच्चाले पनि रुचाउने गरेका छन् । यसका साथै उनका बुबा निर्देशक डेविड धवनको क्षमतालाई पनि कदर गर्ने गर्दछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ