arrow

इनास अवार्डमा प्रियंका, स्वस्तिमा र श्रृजनाको भिडन्त (पूर्ण सूचिसहित)

logo
प्रकाशित २०७४ असोज २३ सोमबार
insaf.png

काठमाडौं । असोज २७ गते आयोजना हुन लागेको ‘पाँचौ इनास अवार्ड’का लागि नोमिनेशनमा पर्न सफल २० विधामा पर्न सफल चलचित्र र चलचित्रकर्मीको नाम सार्वजनिक गरिएको छ । काठमाण्डौमा  सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा २० विधामा उत्कृष्ट ३ मा पर्न सफल चलचित्रकर्मी र चलचित्रको नाम सार्वजनिक गरिएको हो । इनासका ग्लोबल अध्यक्ष पुष्प बडुवाल, इनासका संस्थापक रमेश त्वयना, अन्तरा इन्टरनेशनलका प्रमुख सुदिप रेग्मी पत्रकार सम्मेलनमा उपस्थित थिए ।

एनआरएनको सम्मेलनको एक दिन अगाडि आयोजना हुने अवार्ड समारोह काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजना हुनेछ । अवार्डमा इनासका विभिन्न ६५ वटा देशका कार्यसमितीका सदस्यहरु सहभागी हुनेछन् ।

यो बर्षको ‘इनास अवार्ड’मा ‘छक्का पन्जा, जात्रा, पूरानो डुंगा’ लगायतका चलचित्रको नै वर्चस्व देखिएको छ । कार्यक्रममा बोल्दै इनासका ग्लोबल अध्यक्ष पुष्प बडुवालले यो अवार्ड आफूहरुले नेपाली चलचित्रको विकास र विश्वभर प्रवद्र्धनका लागि गर्न लागेको बताए । यसअगाडि, इनास अवार्ड जर्मनी, नेदरल्याण्ड, नेपाल र भारतको सिक्किममा आयोजना भैसकेको छ । बडुवालले अवार्ड आयोजना गरेर आफूहरुलाई व्यक्तिगत रुपमा चर्चित बन्नु नरहेको समेत सुनाए । यस्तै, इनासका संस्थापक रमेश त्वयनाले इनासको स्थापनाको बिषयमा चर्चा गरेका थिए ।

यो अवार्डको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिएका अन्तरा इन्टरनेशनलका प्रमुख सुदिप रेग्मीले भव्य र सव्य रुपमा अवार्ड आयोजना गर्नु नै आफूहरुको उद्देश्य भएको सुनाए । गतबर्ष, अन्तराले नै भारतको सिक्किममा ‘चौथो इनास अवार्ड’को आयोजना गरेको थियो । अवार्ड समारोहमा विभिन्न चलचित्रकर्मी, संगीत क्षेत्रमा श्रष्टा र चलचित्र पत्रकारिता सक्रिय पत्रकारहरुलाइ सम्मान गर्ने सुदिपले जानकारी दिए । इनास अवार्डको २० विधामा पर्न सफल चलचित्रकर्मी र चलचित्रको नाम यसप्रकार छः
१. उत्कृष्ट फिल्म
छक्का पन्जा
जात्रा
डाइङ क्यान्डल

२. उत्कृष्ट निर्देशक
विक्रम विक्रमः मिलन चाम्स
जात्राः प्रदिप भट्टराइ
छक्का पन्जाः दीपाश्री निरौला

३. उत्कृष्ट नायक
विपिन कार्कीः जात्रा
दयाहाङ राइः विर विक्रम
दीपकराज गिरीः छक्का पन्जा

४. उत्कृष्ट नायिका
श्रृजना सुब्बाः डाइङ क्यान्डल
स्वस्तिमा खड्काः लभ लभ लभ
प्रियंका कार्कीः छक्का पन्जा

५. उत्कृष्ट सह– अभिनेत्री
बर्षा राउतः छक्का पन्जा
मेनुका प्रधानः पुरानो डुङ्गा
प्रमिता आरएल राणाः चपली हाइट २

६. उत्कृष्ट सह–अभिनेता
सरोज खनालः म यस्तो गीत गाउँछु
माओत्से गुरुङः पुरानो डुङ्गा
अनिता खड्काः घामपानी

७. नव– निर्देशक
दीपेन्द्र लामाः घामपानी
दीपाश्री निरौलाः छक्का पन्जा
प्रदिप भट्टराइः जात्रा

८. उत्कृष्ट नव–नायक
सुरज पाण्डेः लभ लभ लभ
आयुष्मान देशराज जोशीः चपली हाइट २
पृथ्वीराज प्रसाइः किस्मत २

९. उत्कृष्ट नव– नायिका
दीया पुनः विर विक्रम
नम्रता श्रेष्ठः गाँठो
ज्योत्सना योगीः म त तिम्रै हुँ

१०. उत्कृष्ट खलपात्र
सौगात मल्लः लूट २
अर्पण थापाः विर विक्रम
कामेश्वर चौरासियाः पलाँस

११. उत्कृष्ट हाँस्य कलाकार
केदार घिमिरेः छक्का पन्जा
राजाराम पौडेलः म यस्तो गीत गाउँछु
विपिन कार्कीः लूट २

१२. उत्कृष्ट लेखक–पटकथा
दीपकराज गिरीः छक्का पन्जा
दीपेन्द्र लामाः घामपानी
नरेश केसीः डाइङ क्यान्डल

१३. उत्कृष्ट सम्पादक
सुरेन्द्र  पौडेलः लूट २
विपिन मल्लः छक्का पन्जा
मित्र गुरुङः जात्रा

१४. उत्कृष्ट छायांकार
पुरुषोत्तम प्रधानः छक्का पन्जा
दीपांकर सिग्देल र रोविन आचार्यः डाइङ क्यान्डल
पुरुषोत्तम प्रधानः लूट २

१५. उत्कृष्ट संगीतकार
अर्जुन पोखरेलः भन्छु आज(म यस्तो गीत गाउँछु)
राजनराज सिवाकोटीः पूर्व पश्चिम रेल(छक्का पन्जा)
कालिप्रसाद बाँस्कोटाः निर जहिले रिसाउने(पुरानो डुङ्गा)

१६. उत्कृष्ट गीतकार
दयाराम पाण्डेः पलाँस
किरण खरेलः किस्मत २
शान्तिप्रियः छक्का पन्जा

१७. उत्कृष्ट गायक
ताराप्रकाश लिम्बुः विर विक्रम
कालिप्रसाद बास्कोटाः पुरानो डुङ्गा
सुगम पोखरेलः म यस्तो गीत गाउँछु

१८. उत्कृष्ट गायिकाः
अन्जु पन्तः छक्का पन्जा
अन्जु पन्तः छक्का पन्जा
मिना निरौलाः लूट २

१९. उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराजः छक्का पन्जा
कविराज गहतराजः म यस्तो गीत गाउँछु
विक्रम स्वारः लूट २

२०. उत्कृष्ट द्धन्द्ध निर्देशक
राजकुमार उप्रेतीः लूट २
चन्द्र पन्तः किस्मत २
सानुकुमार महर्जनः पलाँस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ