arrow

एनआरएनए अध्यक्षमा शेष घले निर्वाचित

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1818431360.jpeg
काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षमा शेष घले पुनःनिर्वाचित हुनुभएको छ ।
 
घलेले ८६७ मत ल्याएर निकटतम प्रतिस्पर्धी टिबी कार्कीलाई पछि पार्दै विजयी हुनुभएको हो । कार्कीले २२६ मत ल्याउनुभएको छ ।
 
त्यसैगरी उपाध्यक्षद्वयमा भवन भट्ट ५३८ मत र कुमार पन्त ५१३ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
 
महासचिवमा बद्री केसीले ५५५ मतका साथ विजयी हुनुभएको छ । सचिवमा अर्जुनकुमार श्रेष्ठले ३९१ र कोषाध्यक्षमा हिक्मतबहाुर थापाले २६४ मत ल्याएर विजयी हुनुभएको एनआरएनका प्रवक्ता मन केसीले राससलाई जानकारी दिनुभयो ।
 
एनआरएनको ७१ राष्ट्रिय समन्वय परिषद् र एक अन्तर्राष्ट्रिय समन्वय परिषद् रहेको छ ।
 
सम्मेलनमा पर्यवेक्षकसहित एक हजार ५०० भन्दा बढी एनआरएन सदस्यको सहभागिता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ