arrow

गौचन हत्या प्रकरण: काँग्रेस सांसदले गरे गृहमन्त्रीमाथि घेरावन्दी

logo
प्रकाशित २०७४ असोज २४ मंगलबार
deepak-giri1.JPG

काठमाडौ। संसदमा सोमबार हत्या गरिएका शरद गौचनको बिषयमा सांसदहरूले सरकारलाई घेराबन्दी गरेका छन । सांसदहरूले सरकारका गृहमन्त्रीले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै आलोचना पनि गरेका छन् ।

संसदको विशेष समय लिएर सांसद तथा काँग्रेस नेता दिपक गिरीले व्यवसायीक शरद गौचन हत्यापछि आतंकित भएको उल्लेख गर्दै गृहको अहिलेको नेतृत्वले भयरहित वातावरणमा चुनाव गर्नेमा आशंका व्यक्त गरे ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको राजधानीको मुटु संसदको केहि सय मिटर मात्र पर कायरतापूर्ण तरिकाले हत्या भएको भन्दै गिरीले भने, ' देश स्थानिय तहको चुनाव सकाएर संघीय र प्रदेशको चुनावको तयारीमा छ। यो हत्या यस्तो बेलामा भएको छ जुन बेला देश पुरै चुनावको तयारीमा जुटेको छ। देशको ध्यान एकाग्र रुपमा चुनावतिर गइरहेको बेला त्यसमा वाधा पार्ने कुत्सित मनसायबाट एक लोकतन्त्रवादी उद्यमीको हत्या भएको छ। '

हत्या हुनुअघी शरद गौचनमाथि आक्रमणको प्रयास भएको र सो बारेमा प्रहरी प्रसासनलाई स्वयं मृतकले जानकारी गराएपनि उनको रक्षा गर्न नसकेकोमा गिरीले विरोध जनाए । उनले थपे, ' घटनास्थल तथा गौचनजीको घर भएको क्षेत्र वरिपरि केहि दिनदेखि अस्वभाविक गतिविधीहरु देखिएको जानकारी प्रहरीलाई थियो। त्यसको जानकारी प्रहरीलाई स्थानियले मात्र हैन स्वयं मृतकले पनि गराएका थिए। तर यसलाई गम्भिरतापूर्वक रुपमा लिइएन। एउटा ठेकेदारले आफ्नो सुरक्षाको लागि भनेको त होनी भनेर प्रहीले त्यसलाई नजरअन्दा गर्दा यो दुखद घटना आज हाम्रो बीचमा छ।'

गौचन माथि गोली प्रहार भएपछि अस्पतालमा उनको मृत्युको खबर बाहिर नजाँदै व्यवसायी जिपछिरिङ लामा लगाएतलाई नम्वर नदेखिने फोनबाट धम्की आएको र रकमको जोहो नगरे गौचनकै हालत बनाइदिने धम्की आएको बिषयलाई संसदले गम्भिरतापूर्वक लिनुपर्ने गिरीको भनाई छ् ।

' हत्याराले धम्की दिन्छ, हत्या गर्छ र जिम्मेवारी लिन्छ। तर हामी कहाँ छौ। किन उसलाई नियन्त्रण गर्न सकिरहेका छनौं?' सांसद गिरीले प्रश्न गरे ।

' घटनापछि व्यवसायीहरुले सुरक्षाको प्रत्याभुति नभएसम्म शव नउठाउने बताइरहनुभएको छ। सुरक्षाको प्रत्याभुति नभएसम्म देशभरका विकास निर्माणको काममा हात नहाल्ने बताइरहनुभएको छ। डरको साम्राज्य विस्तार गरेर अपराधीहरुले सबै व्यवसायीहरुमा डरको मनोविज्ञान पैदा गरेका छन्। यो अवस्थामा देशभरका सबै व्यवसायीहरु आत्तिएका छन्। तर गृह प्रसासन कहाँ के गरिरहेको छ। यो संसद जान्न चाहन्छ।' गिरीको माग थियो ।

 देशको शान्ति सुरक्षाको जिम्मेवारी लिएका गृहमन्त्री मृतकको शब राखेको सिभिल अस्पताल आउन हिम्मत गर्नुहुन्न। अनि कुन विश्वासका साथ साथीहरुले काममा जान सक्ने कुरा गर्छन ? गिरीले चिन्ता व्यक्त गरे ।

विशेष समयमा बोल्दै गिरीले चुनावको मुखमा देशलाई नै आतंकित पार्ने, व्यवसायीलाई आतंकित पार्ने, देशको विकास निर्माणको काम ठप्प पार्ने गरि भएको यो आततायिपूर्ण कार्यको भत्सर्ना गर्दै दोषीहरुलाई कानुनी दायरामा ल्याएर कडा कार्वाहीको माग गरे |



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ