arrow

अमिताभको जन्मदिनमा यस्तो उपहार दिदैछन् आमिर

logo
प्रकाशित २०७४ असोज २४ मंगलबार
amir-amitab.jpg

एजेन्सी । ११  अक्टूबर यानि बुधबार अमिताभ बच्चनको जन्मदिन हो । अमिताभ आफ्नो ७५ औँ जन्मदिन मनाउदैछन् । अमिताभले हालै सामाजिक सञ्जालमा जन्मदिनलाई लिएर उत्तेजित नहुने सबैलाई आग्रह गरेका थिए । तर अमिताभ आफै एक्साइटेड नभए पनि बलिउड भने उनको जन्मदिनमा उत्साहित भएको छ र सो खुशीको क्षणमा आमिर खान पनि सहभागि हुदैछन। आमिर खानले  जन्मदिनको यस्तो उपहार दिने योजना पनि बनाएका छन् ।

आमिर खानले  जन्मदिनको उपहार बारे भने - ' अमिताभ जीको बारेमा भन्न सुर्यलाई प्रकाश देखाउनु जस्तो छ । बुधबार वहाँको जन्मदिन परेको छ र सो दिनको लागि म निक्कै उत्साहित छु । जन्मदिनको लागि के दिने मैले केहि सोच्न सकेको छैन । किनभने सबै कुरा वहाँसँग छ । यस बिषयमा मैले साथीसँग सल्लाह गरेपछि एउटा उपाय आयो । म वहाँलाई बुबा हरिवंश राय बच्चनको कुनै एउटा राम्रो कविता सुनाउनेछु । मलाई विश्वास छ कि मेरो उपाहार वहाँलाई मन पर्नेछ ।'


उनले भने- 'म अमितभसँग चलचित्र ‘ठग्स खफ हिन्दोस्तान’ मासँगै काम गर्दैछु । वहाँ जीनियस हुनुहुन्छ । आफ्नो काममा पुरै फोकस गर्नुहुन्छ । यो उमेरमा पनि वहाँसँग कमालको जोश छ । वहाँको स्टारडम ५० बर्ष पुरा भएको  छ तैपनि आज पनि वहाँ सेटमा आउदा एक नयाँ एनर्जी देखिन्छ । वहाँ आज पनि केहि न केहि नयाँ कुरा सिक्न चाहानुहुन्छ ।  खुशीको कुरा आजका युवा पिढि पनि वहाँलाई रुचाउछन् ।  वहाँको गज्जबको पर्सनालिटी छ ।'

 आमिरले मोल्टामा चलचित्र बन्डर वुमन हेरेको बारे भने - 'हामि चलचित्र ‘ठग्स खफ हिन्दोस्तान’को सुटिङको क्रममा  मोल्टामा थियौ । सो समय हामिले रोमाइलोसँग बितायौ । हामिलाई चिन्ने मानिसहरु पनि थिएनन् । हामि पैदल हिड्दै बिना गार्ड सामान्य नागरिक जस्तै चलचित्र हलमा गएर  वन्डर वुमेन चलचित्र हेरौं ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ