arrow

निर्माण व्यवसायीको हत्या सुक्न नपाउँदै सुन व्‍यवसायीको गोली हानी हत्‍या

logo
प्रकाशित २०७४ असोज २५ बुधबार
Bullet_Fire.jpeg

सर्लाही । सर्लाही कविलासी नपा वडा ३ बस्ने २७ वर्षीया सुनील शाहलाई गोली हानी हत्‍या गरेको छ। सर्लाहीको पीडारीमा सुनचाँदी पुसल बन्द गरेर घर आउने क्रममा तीन जनाको अज्ञात समूले गोली हानी हत्‍या गरेको हो ।
 
शाहले हरिपुर नपाको पीडारी बजारमा सुन चाँदी पसल चलाउँदै आएका थिए। शाहको गाउँ पिपरियाबाट २ किलोमिटर रहेको छ।मोटरसाइकलमा आइरहेको बेला गाउँको बीचमा अज्ञात समूहले गोली शाह गोली हानेको बुवा नागेन्द्र शाहले बताए।

उनले भने, ‘हामी बाबुछोरा पसल बन्द गरेर आउँदै गर्दा गाउँको बीचमा अज्ञात समूहले मोटरसाइकल रोक्‍न लगायो र मसँग भएको गरगहना माग्‍यो। तर मैले दिन नमानेपछि उनीहरुले गोली चलायो।’

मृत शाहको शव पोष्टमार्टमको लागि मलंगवा अस्पतालमा ल्याइएको छ। यसअघि सोमबार दिउँसै राजधानी काठमाडौंको शान्तिनगरमा निर्माण व्‍यवसायी महासंघका अध्‍यक्ष शरद थौचनको गोली हानी हत्‍या गरिएको थियो। (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ