arrow

भारतमाथि अष्ट्रेलियाको ८ विकेटको शानदार जित, खेलाडीमाथि ढुंगा प्रहार

logo
प्रकाशित २०७४ असोज २५ बुधबार
rock.jpg

गुवाहाटी । भारत विरुद्धको दोस्रो टी–२० क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । 

गुवाहाटीमा भएको खेलमा अष्ट्रेलिया ८ विकेटले विजयी भएको हो । 

पहिले ब्याटिङ गर्दै निराशाजनक प्रदर्शन गरेको भारतले अलआउट हुँदै ११८ रन बनाउन सक्यो । 

केदार जाधवले सर्वाधिक २७ रन बनाए । चार खेलाडीलेमात्र दोहोरो अंक बनाउन सकेको इनिंगमा जासन बेहेनडोर्फले २१ रन दिएर ४ विकेट लिए । 
एडम जाम्पाले २ विकेट लिए । 

जवाफी ब्याटिंगमा अष्ट्रेलियाले २ विकेटको नोक्सानीमा १५.३ ओभरमै जित हासिल गर्यो ।

मोइसेस हेन्रिकेले ४६ बलमा नटआउट ६२ तथा ट्राभिस हेडले ३४ बलमा नटआउट ४८ रन बनाए । हेड र हेन्रिकेबीच तेस्रो विकेटका लागि नटआउट १०९ रनको साझेदारी भएको थियो ।

यो जितले अष्ट्रेलियाले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । पहिलो खेलमा भारत ९ विकेटले विजयी भएको थियो । 

तेस्रो खेल शुक्रबार हुनेछ । 

यता, आफ्नो देशले हारेपछि आक्रोसित बनेका फ्यानले अष्ट्रेलियाका खेलाडी सवार गाडीमा ढुंगा प्रहार गरेका छन् । 

आरोन फिन्चले ट्विटरमा ट्विट गर्दै आफुहरु सवार गाडीमा ढुंगा प्रहार गरेको जनाउसहित तस्विर पोष्ट गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ