arrow

पानामा पहिलो पटक विश्वकपमा, अमेरिका आउट

logo
प्रकाशित २०७४ असोज २५ बुधबार
panama.jpg

काठमाडौं । पानामा पहिलो पटक विश्वकप फुटबलमा छनोट हुन सफल भएको छ ।

छनोट चरणको अन्तिम खेलमा कोस्टारिकालाई २–१ ले पराजित गरेको पानामाले इतिहास लेखाएको हो । 

कोन्काकाफ समुहबाट मेक्सिको समुह विजेता बन्दै अर्को वर्ष रुसमा हुने विश्वकपका लागि छानिएको हो । 

त्यस्तै कोस्टारिका दोस्रो हुँदै र पानामा तेस्रो हुँदै विश्वकपमा पुग्यो ।

होन्डुरसले प्लेअफ खेल्न पाउने भएको छ ।

तर अमेरिका भने विश्वकप फुटबलका लागि छनोट हुन सकेन ।

अन्तिम खेलमा ट्रिनिडाड एण्ड टोबागोसँग २–१ ले पराजित भएपछि अमेरिका छनोट हुन असफल भएको हो ।

अमेरिका सन् १९८६ पछि पहिलो पटक विश्वकपमा छानिन असफल भएको हो । 
Christian Pulisic

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ