arrow

क्याटलोनियाको स्वतन्त्रतासम्बन्धी योजना छोड्न पूज्डमोनमाथि बढ्दो दबाब

logo
प्रकाशित २०७४ असोज २५ बुधबार
Catalonia.jpg

ब्रसेल्स ।  क्याटलोनिया स्वतन्त्रताका लागि जनमत सङ्ग्रह गरिए पनि जनमत सङ्ग्रहलाई विवादास्पद मान्ने विभिन्न विश्व समुदायले यसको विरोध गर्ने र यसो नगर्न क्याटलोनियाली नेतालाई दवाव दिने क्रम क्रमशः बढ्दो देखिएको छ ।  यूरोपेली यूनियन (इयू) प्रमुख डोनाल्ड टस्कले क्याटलोनियाका पृथकतावादी नेतालाई राज्य टुक्राउने काममा नलाग्न आग्रह गरेका छन्  ।
 
त्यसैगरी फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले पनि जनमत सङ्ग्रह सर्वस्वीकार्य नभएको बताउँदै यसबाट पछि हट्न आग्रह गरेका छन् । स्वतन्त्रता सम्वन्धि निर्णयको विरोधमा बार्सिलोना तथा म्याड्रिडमा पनि दिन प्रतिदिन विरोधका स्वर चर्किदै गएका छन् । निर्णयको विरुद्धमा हजारौं मानिसहरु प्रदर्शनमा उत्रिएका छन् ।

क्षेत्रीय संसदमा सम्बोधन गर्नुअघि क्याटलन नेता कार्लेस पूज्डमोनले क्याटलोनिया स्पेनबाट अलग्गिने योजना छोड्ने चर्को दबाबको सामना गर्नुपरेको हो । गत साता भएको विवादास्पद जनमत संग्रहपछि उनले एकतर्फी रुपमा क्याटलोनियाको स्वतन्त्रताबारे घोषणा गर्लान् भन्ने अनुमानहरु गरिएका छन् ।
 
बार्सिलोनाका मेयरले क्याटलन नेता पूज्डमोन र स्पेनका प्रधानमन्त्री मारिआनो राजोयलाई मंगलबार साँझ संकट साम्य पार्न आह्वान गरेका छन् ।

मंगलबारको क्याटलान संसदमा बोल्नुअघि मेयर याडा कोलाउले पूज्डमोनलाई स्वतन्त्रता घोषणा नगर्न आह्वान गरे भने प्रधानमन्त्री राजोयलाई मड्रिडलाई प्रत्यक्ष नियन्त्रण गर्नबाट पछि हट्न बताए। आफूले पूज्डमोन र राखोयलाई वार्ता र मेलमिलापको सम्भावना रोकिने खालको कुनै निर्णय नगर्न भनेको कोलाउले बताए । एएफ्पी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ