arrow

विहिबार विश्व दृष्टि दिवस मनाइदै

logo
प्रकाशित २०७४ असोज २५ बुधबार
eye-day.png

काठमाडौं । आँखा स्वास्थ्य सबैका लागी ( दृष्टिको महत्व बुझौ, विश्व दृष्टि दिवस मनाऔं भन्ने नाराका साथ  यही आश्विन २६ गते का दिन उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानहरुबारे विश्वभर चेतना फैलाउनका लागि विश्व दृष्टि दिवस मनाइदैछ ।
 
विश्व स्वास्थ्य संगठन  र अन्धोपन निवारण कार्यमा संलग्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीले सन् २०१० को अध्ययनलाई आधार मानी विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ । सो लक्ष्यलाई पूरा गर्न तिलगंगा आँखा प्रतिष्ठान लगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायहरु सहकार्य गर्दै आइरहेको छ ।
 
विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीले  संयुक्त रुपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनिकरण गर्न सन् १९९९ फेब्रुअरीमा भिजन २०२० राइट टु साइट कार्यक्रमको घोषणा गरी आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकिकृत स्वास्थ्य सेवा र दिगोपना चार मूल्य र मान्यतालाई जोड दिदै हरेक वर्ष अक्टोबर महिनाको दोस्रो विहिबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउने गरिएको छ ।

नेपाल सरकारले पनि आफू उक्त संगठनको एक सदस्य राष्ट्र भएकाले सन् १९९९ नोभेम्बरमा  भिजन २०२० राइट टु साइट कार्यक्रम मनाउने घोषणा गरी २० वर्षे कार्ययोजना (२००१–२०१९) लागु गरेको छ । यस दिवसमा विश्वभरिका विभिन्न संघ–संस्थाले सरकार, संस्था र व्यक्तिलाई विश्वव्यापी रुपमा परिचालित अन्धोपन निवारण कार्यक्रममा सहकार्य गर्न प्रोत्साहित गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ