arrow

नेपाल लोकतान्त्रिक फोरमबाट उम्मेदवार छनोट

logo
प्रकाशित २०७४ असोज २६ बिहिबार
Bijay-Kumar-Gachhadar.jpg.jpeg

कैलाली । लामो समयसम्म थरुहट थारुवान् आन्दोलन हाँक्दै आएको नेपाल लोकतान्त्रिक फोरमले कैलाली निर्वाचन क्षेत्र नं ४ का लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ । 

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पार्टीको केन्द्रीय उपाध्यक्ष तथा सांसद गीता राणा श्रेत्रीलाई छनोट गरेको छ भने समानुपातिकतर्फ आदिवासी जनजाति महासंघ कैलाली अध्यक्ष तेज तरामी मगर, पार्टीका केन्द्रीय सदस्य माधव चौधरी, मनिराम चौधरी र महिला समानुपातिक सदस्यमा शारदा केसीको नाम सिफारिश गरिएको क्षेत्रीय अध्यक्ष गजेन्द्र पन्तले जानकारी दिए । 

त्यसैगरी, प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ छ जनाको नाम सिफारिश गरिएको छ । क्षेत्रीय अध्यक्ष गजेन्द्र पन्त, क्षेत्रीय सदस्य रुपा चौधरी, ताराकुमारी चौधरी, जिल्ला सदस्य संगीता चौधरी, क्षेत्रीय सहअध्यक्ष मेलाराम टेर्रा, पार्टीको गौरीगंगा नपा अध्यक्ष सगतराम चौधरी, सचिव रामकुमार चौधरी र रामबहादुर चौधरीको नाम सिफारिस गरिएको छ । तर प्रत्यक्षतर्फ छनोट हुन बाँकी रहेको जनाइएको छ । 

अन्य निर्वाचन क्षेत्रमा औपचारिक निर्णय हुन बाँकी रहे तापनि क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ सांसद रामजनम चौधरी र समानुपातिकतर्फ पार्टी सहअध्यक्ष भानुराम थारुको नाम चर्चामा रहेको छ भने निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ सांसद जनक चौधरीको नाम पनि चर्चामा रहेको बताइएको छ । 

नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीच भइरहेको तालमेलले उम्मेदवार छनोटमा केही प्रभाव पार्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ