arrow

विश्व दृष्टि दिवस नेपालमा पनि, महिलामा अन्धोपनको समस्या बढी 

logo
प्रकाशित २०७४ असोज २६ बिहिबार
eye.jpg

काठमाडौं । अक्टोवरको दोस्रो बिहिबार विश्वभर ‘विश्व दृष्टि दिवस’ मनाइँदै छ । यो दिवस आँखासंग सम्बन्धित अस्पतालदेखि संघसंस्थाले नेपालमा पनि मनाउँदै छन् । 

नेपालमा पुरुषको तुलनामा महिलामा बढी अन्धोपनको समस्या देखिएको पाइएको छ । विश्व दृष्टि दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा एक लाख २० हजार व्यक्तिमा अन्धोपनको समस्या छ। तिमध्ये ५३ प्रतिशत महिलामा अन्धोपनको समस्या छ।

पुरुषको तुलनामा महिलामा अन्धोपनको समस्या बढी हुनुको प्रमुख कारण समयमै उपचारको पहुँचमा नआउनु रहेको तिलगंगामा कार्यरत डा रभा थापाले जानकारी दिइन् । उनका अनुसार महिलाहरुले आँखामा समस्या देखिए पनि खुलेर नभन्ने, उपचारमा जानका लागि अरुको सहायता लिनुपर्ने, आर्थिक अवस्था कमजोर हुनु लगायकता कारण रहेको छ ।

नेपालमा ५० वर्षमाथिका २.५ प्रतिशतमा अन्धोपनको समस्या छ । ४० वर्षभन्दा माथिका मानिसहरुले वर्षमा एक पटक अनिवार्य रुपमा आँखाको परिक्षण गर्नुपर्ने पनि चिकित्सकले सुझाएका छन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक ५ जना अन्धोपन भएका मानिसमध्ये ४ जनाको उपचार र रोकथाम सम्भव छ । हटाउन सकिने अन्धोपन थप नबढोस् भन्ने उद्धेश्यका साथ विश्वभर दृष्टि दिवस मनाउने गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ