arrow

पाल्पामा एकलाख ८१ हजार मतदाता, तेस्रो लिङ्गी एक जना 

logo
प्रकाशित २०७४ असोज २६ बिहिबार
rampur_palpa.png

रामपुर । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाल्पामा एक लाख ८१ हजार २४६ मतदाता सहभागी हुँदैछन् । 

ती मध्ये ९४ हजार ८२९ महिला, ८६ हजार ४१६ पुरुष र एकजना तेस्रो लिङ्गी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी थमन सारुले जानकारी दिए । 

स्थानीय तहको निर्वाचनमा एक लाख ६२ हजार २५५ मतदाताले नाम दर्ता गराएका थिए । 

जिल्ला निर्वाचन कार्यालय, पाल्पाले गत साउन १ गतेदेखि भदौै ३ गतेसम्म सञ्चालन गरेको तस्वीरसहितको मतदाता नामावली संकलनबाट जिल्लामा २० हजार ८११ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् भने नाम दर्ता गराएकामध्ये १८ हजार ९९१ जनाले मात्र आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुन पाउने निर्वाचन कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ