arrow

लोकेन्द्रबहादुर चन्द बैतडीबाट सिफारिश, अरु को को ?

logo
प्रकाशित २०७४ असोज २६ बिहिबार
lokendra-Bdr-chand-new.jpg.jpeg

बैतडी । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बैतडीबाट सिफारिश भएका छन् ।  

सुर्नया गाउँपालिका–२ बाशुलिङ्गका स्थायी बासिन्दा रहेका पूर्वप्रधानमन्त्री चन्दको नाम केन्द्रीय कार्यसमितिमा सिफारिश गरिएको राप्रपा जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले जानकारी दिए । 

पूर्वप्रधामन्त्री चन्दसँगै उनका छोरा जयन्त चन्दको नाम प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ र समानुपातिक तर्फका लागि सिफारिश गरिएको छ । 

यस्तै, नरेन्द्रबहादुर चन्दको नाम पनि राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीले प्रतिनिधि सभाको प्रत्यक्षका लागि सिफारिश गरेको छ । 

प्रदेश सभाको समानुपातिकतर्फ क्षेत्र नं १ बाट रमा भण्डारी र लक्ष्मी विष्टको नाम सिफारिश भएको छ । 

क्षेत्र नं २ बाट समानुपातिकतर्फ चन्द्रकला साउद, हेमराज लेखक, जितसिंह थापा र वीरेन्द्रबहादुर चन्दको नाम सिफारिश गरिएको छ । 

दुवै क्षेत्रको प्रत्यक्षतर्फ प्रदेश सभा सदस्यका लागि केही दिनभित्रै उम्मेदवार सिफारिश गरिने राप्रपा बैतडीले जनाएको छ ।

 प्रदेश सभाका लागि दुई र प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा एक लाख ३२ हजार ३१७ मतदाता रहेका छन् ।

जिल्लामा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ