arrow

पशुपतिले भने-नैतिकता छ भने माओवादीले सरकार छाड्नु पर्छ 

राप्रपासँग छिटै एकता हुन्छ 

logo
प्रकाशित २०७४ असोज २६ बिहिबार
pasupati_rana.jpg

भक्तपुर । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमेशर राणाले माओवादी केन्द्रले नैतिकताको आधारमा सरकार छाड्नु पर्ने बताएका छन् ।

रफत सञ्चार क्लबको साक्षातकारमा बोल्दै राणाले माओवादीले आफू सरकार पनि सामेल हुने र प्रतिपक्षसँग समेत गठबन्धन गरी सरकारमै बसिराख्नु राजनैतिक बेइमानी भएको भन्दै तत्काल उसले नैतिकताको आधारमा सरकार छाड्नु पर्ने बताए ।

उनले भने, ‘प्रतिनिधिसभा र प्रदेशको निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अवस्था कमजोर रहेको उपत्यकाभित्रै निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याले प्रष्टाएको बताउँदै गृह मन्त्रीले तत्काल राजीनामा दिनु पर्छ ।’

उनले वाम गठबन्धन र प्रजातान्त्रिक शक्तिबीचको सामिप्यता संविधान जारी पश्चात आवश्यकता रहेको र यो देशको हितनुकुल भएको भन्दै अबको निर्वाचनमा प्रजातान्त्रिक शक्तिको विजय निश्चित रहेको बताए ।
सरकार लामो समयसम्म टिक्न नसक्ने र त्यसले देशमा अस्थिरता बढाउँदै लगेकोमा गठबन्धनले त्यसको अन्त्य गर्दे स्थिर सरकार र दिगो विकासमा टेवा पुग्ने समेत उनको भनाई छ । 

राप्रपा र राप्रपा प्रजातान्त्रिक पार्टीबीच अबको दुई चार दिनमै पार्टी एकता हुने उनले जानकारी दिए ।
नेपालमा पछिल्लो समय वैदेशिक हस्तक्षेप बढेको बताउँदै उनले यसका लागि नेपालका राजनितिक दलहरुका नेताहरु जिम्मेवार रहेको समेत बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ