arrow

कार्तिक १३ गतेबाट राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगीता हुँदै

logo
प्रकाशित २०७४ असोज २६ बिहिबार
football-news.jpg

काठमाडौं। आगामी कात्तिक १३ गतेबाट राईनो संरक्षणगोल्डका फुटबल प्रतियोगिता–२०७४ हुने भएको छ। बिहिबार नन्दभाउजू उपभोक्ता समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै फुटबल प्रतियोगिताबारे जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले विश्व सम्पदा सूचिमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्ज जो विश्वका अति नै दुर्लभ प्रजातीका बन्यजन्तुहरुको उद्गम तथा बासस्थान्को रुपमा रहेको जानकारी दिएका छन्।

भण्डारीले एकसिंगे गैडा, पाटेबाघ, घडियाल गोही तथा दुर्लभ चराचुरुगिंहरुका लागी निकुञ्जको संरक्षण तथा सम्र्बधनका लागि आफ्नो संस्थाले विगतदेखि बिभिन्न समय र अबस्थामा बिभिद कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन्। उनले विगत १४ बर्षदेखि सञ्चालन गरिँदै आएको प्रतियोगितालाई नेपाल  सरकारको बन तथा भू—संरक्षण मन्त्रालय अन्र्तगतको बन्यजन्तु संरक्षण बिभाग, चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र ब्यबस्थापन समिति चितवन, खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, अन्य सहयोगी संघ संस्थाहरु मध्यबिन्दु नगरपालिकालगायत स्थानीय संघ, संस्था सहभागीता प्रदान  गरेको जानकारी दिए।

खेलकुदको माध्यमबाट युवाहरुमा बन्यजन्तु एंवम वातावरण संरक्षण चेतनाको बिकास र बिस्तार गर्ने, प्रतिभान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्ने, खेलकुद तथा पर्यटनको संरक्षण गरी आन्तरिक बाह्य पर्यटक आर्कषित गर्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको हो । उक्त प्रतियोगीतामा बिभागीय टिम आर्मी, शशस्त्र प्रहरी, नेपाल प्रहरी र अन्य १४ टिमहरुको सहभागिता रहनेछ।

सहभागी टिममध्ये प्रथम हुनेले रु ५ लाख २५ हजार ५ सय ५५, दोस्रो हुनेले रु २५ हजार ५ सय ५५ प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई रु २ हजार, प्रतियोगीता भरको उत्कृष्ट खेलाडीलाई रु १० हजार र सर्वाधीक गोलकर्ताले रु १० हजार नगत सहित प्रमाणपत्र र शिल्ड प्राप्त गरीनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ