arrow

तीन दलीय बैठक सम्पन्न, चुनाव सार्ने कुरा नभएको स्पष्टोक्ति

logo
प्रकाशित २०७४ असोज २६ बिहिबार
pm_office_three_dal_meeting.jpg

काठमाडौँ । नेपाली काँग्रेस नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बैठक सम्पन्न भएको छ । बिहीबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले बाहिर आए जस्तो प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति सार्ने कुनै कुरा नभएको भन्दै चुनाव नसर्नेमा स्पष्ट पारेका छन् । 

अपराह्न बसेको बैठकले  बैठकले राष्ट्रिय सभा निर्वाचन विधेयकमा सहमति जुटाउने जिम्मेवारी प्रमुख तीन दलका शीर्ष नेतृत्वलाई दिएको छ । विपक्षी नेताहरुले सरकारले आचारस‌ंहिता विपरित काम गरेको आरोप लगाएपछि सत्तापक्षीय नेताहरुले आफूले आचारस‌ंहिता विपरित कुनैपनि काम नगरेको बताएका थिए । 

एमाले नेताहरुले दिएको जानकारी अनुसार एमालेले सरकारसँग राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणको आधारमा तय गर्नुपर्ने प्रस्तावमा असहमति जनाएको छ । यो विषयमा सहमति जुटाउने काम पनि तीन दलका शीर्ष नेताहरुलार्इ दिर्इएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ