- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धुलिखेल । नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो पूर्ण बैठक काभ्रेपलाञ्चोकको धुलिखेलमा सुरु भएको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा भएको बैठकमा महासंघका केन्द्रीय समितिका पदाधिकारी तथा कार्यसमितिका सदस्य धुलिखेलमा सहभागी भएका छन् ।
बैठकमा सहभागीलाई आचार्यले महासंघले प्रस्तुत गर्ने एजेण्डामा केन्द्रित भएर आगामी दिनमा महासंघलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफलका लागि सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन् । ‘हामी महासंघका नेताहरु यस बैठकबाट महसंघका नीति, कार्यदिशा र आगामी दिनमा महासंघलाई कता डो¥याउने भन्ने विषयमा निर्णय गर्ने भएकाले प्रस्तुत एजेण्डामा केन्द्रित भएर छलफलमा सहभागी हौँ’ आचार्यले भने ।
अध्यक्ष आचार्यले भने “पत्रकार महासंघलाई राजनीतिक समीकरणले कुनै प्रभाव पर्ने छैन, पर्न पनि दिँदैनौँ ।” उनले महासंघले हिजो पनि लोकतन्त्र र पूर्ण स्वतन्त्रको लागि आवाज उठाउँदै आएको र आज पनि त्यही ढंगले काम गर्ने बताए। बैठकमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले केन्द्रीय समिति बैठकलाई स्वागत गर्दै महासंघको केन्द्रीय समितिले विगतमा गरेका निर्णयको कार्यान्वयन गर्न आग्रह गरे।