arrow

पाकिस्तानबाट १० लाख अमेरिकी डलर सहयोग

logo
प्रकाशित २०७४ असोज २६ बिहिबार
nepal_pakistan.jpg

काठमाडौँ । पाकिस्तान सरकारले हालैको बाढी प्रभावित क्षेत्रको पुनःनिर्माण र पुनःस्थापनाका लागि १० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ । काठमाडौँस्थित पाकिस्तानी दूतावासद्वारा आज जारी विज्ञप्तिमा बाढीपीडितको सहयोगका लागि सो सहयोग प्रदान गरिएको जनाइएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवासँग पाकिस्तानी प्रधानमन्त्री सहिद खकान अब्बासीले गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघीय महासभाको क्रममा संयुक्त राज्य अमेरिकामा भेटवार्ता गर्नुहुँदा बाढीबाट जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गरेका थिए । 

विज्ञप्तिमा दुई देशका सरकार र जनताका बीच सुमधुर र मैत्री सम्बन्ध रहेको र जस्तोसुकै कठिनाइको अवस्थामा पनि एकापसमा सहयोग र सदभाव रहिरहने उल्लेख गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ