arrow

अभिषेक देखि सन्नी लियोनसम्म, आउदैछ यी फ्लप कलाकारका १३ चलचित्र

logo
प्रकाशित २०७४ असोज २७ शुक्रबार
sunny-.png

एजेन्सी ।  बलिउडमा केहि कलाकार छन् जसले नाम चलेका चलचित्र छोडेपछि सफल हुन सकेनन् । तैपनि उनिहरुको बर्षमा एउटा चलचित्र रिलीज हुन्छ । सो कलाकारको सुचिमा अमिताभ बच्चनका छोरा अभिषेक पनि सामेल छन्। उनको चलचित्र बच्चन सिंह सन् २०१८ मा रिलिज हुदैछ ।  अभिषेक लगायत कयौ फ्लप कलाकारको चलचित्र २०१७ को अन्त्य र २०१८ को सुरुमा रिलिज हुनेछ । यहाँ हामी बलिउडका १३ फ्लप कलाकारका आउदो चलचित्र  बारे बताउनेछौ ।

अभिषेक बच्चनको आगामि चलचित्र 'बच्चन सिंह' आउदैछ । चलचित्र सन् २०१७ मा रिलिज हुनेछ । अभिषेकले २०१६ मा 'हाउसफुल ३' मा अभिनय गरेका थिए ।

सन्नी लियोनको आगामि चलचित्र 'तेरा इन्तजार'  सन् २०१७ मा रिलिज हुदैछ । सन्नीले २०१६ मा 'बेइमान लभ'  मा अभिनय गरेकि थिइन् ।

जेकी भगनानीको चलचित्र 'मोहर' २०१७ मा रिलिज हुदैछ । चलचित्र तामिल भाषामा रिलिज हुनेछ ।जेकीले  २०१५ मा 'वेलकम टू कराची'मा अभिनय गरेका थिए ।

जरीना खानको आउदौ चलचित्र 'आक्सर २' २०१७ मा रिलिज हुदैछ । उनले २०१७ मा 'वजह तुम हो' मा अभिनय गरेकी थिइन् ।

बबि देवल सफल चलचित्र 'रेस'को सिक्वेल  'रेस ३' मा अभिनय गरेका छन् । चलचित्र २०१८ मा रिलिज हुनेछ । बबिले २०१७ मा 'पोस्टर व्वाइज'मा अभिनय गरेका थिए ।

दिया मिर्जा २०१८ मा रिलिज हुने संजय दत्तको बायोपिकमा देखिनेछिन् । दियाले २०१६ मा 'हेलो मुम्बइ'मा अभिनय गरेकी थिइन् ।

 
 अर्जुन रमापालको चलचित्र 'पलटन' २०१८ मा रिलिज हुदैछ । अर्जुनले सन् २०१७ मा 'ड्याडि' मा अभिनय गरेका थिए ।  

तुषार कपुर चलचित्र 'गोलमाल'को सिक्वल 'गोलमाल अगेन'मा देखिदैछन् । चलचित्र २०१७ मा रिलिज हुदैछ । तुषारले सन् २०१६ मा रिलिज भएको चलचित्र 'मस्तीजादे'मा अन्तिम पटक काम गरेका थिए । 

 

राखी सावन्त २०१८ मा रिलिज हुने 'अब इन्साफ होगा' मा  देखिनेछिन् । राखीले २०१६ मा 'एक कहानी जूली की'मा अभिनय गरेकी थिइन् ।

मल्लिका शेरावतको आउदो चलचित्र 'जीनत' २०१७ मा रिलिज हुदैछ । उनले २०१५ मा 'डर्टि पोल्टिक्स'मा अभिनय गरेकी थिइन् ।

नील नितिन मुकेशको आगामि चलचित्र 'फिरकी' आउदैछ । चलचित्र सन् २०१७ मा रिलिज हुनेछ । नीलले २०१७ मा 'इन्दु सरकार' मा अभिनय गरेका थिए ।

रिया सेनको चलचित्र 'रागिनि एसएमएस' को सिक्वेल 'रागिनि एसएमएस रिटन्स' २०१७ मा रिलिज हुदैछ ।  रियाले  २०१६ मा 'डार्क चक्लेट' मा अभिनय गरेकि थिइन् ।  

सुरज पंचोली चलचित्र 'हेट स्टोरी ४' मा देखिदैछन् । चलचित्र २०१८ मा रिलिज हुदैछ । सुरजले सन् २०१५ मा रिलिज भएको चलचित्र 'हिरो'मा अन्तिम पटक काम गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ