arrow

संसद्मा भावुक मन्तव्य दिँदै विदा भईन् सभामुख

logo
प्रकाशित २०७४ असोज २८ शनिबार
onsari_gharti.jpg

काठमाडौं । रुपान्तरित व्यवस्थापिका संसद्का सभामुख ओनसरी घर्ती मगरले भाबुक मन्तव्य दिँदै संसद्बाट विदा भएकी छिन् । शनिबार राती १२ बजेदेखि संसद्को आयु सकिने भएपछि उनले संसद्मा अन्तिम भाषण दिएकी थिईन् । 

उनले भावुक रुपमा आफूले आफ्नो कार्यकालमा गरेका केही सकारात्मककामहरुको स्मरण गर्दै उनले भाडामा लिएको संसद् भवनमा काम गर्न समस्या भएको स्मरण गर्दै आफूले आफ्नै संसद् भवन बनाउन र सांसद्हरुलाई आवासको व्यवस्था गर्न गरेको प्रयास सफल हुन नसकेकोमा दुख व्यक्त गर्दै यी कामहरुले अबका दिनमा पूर्णता पाउने विश्वास पनि व्यक्त गरिन् । 

उनले आफू सभामुख बन्दा विशेषगरी महिलाहरुसँगै आदिवासी जनजाती र विपन्न क्षेत्रहरु विशेष खुशी भएको भन्दै उनीहरुको खुशी अनुसारको काम गर्न सकेको महसुस आफूलाई लागेको उनले बताईन् । आफ्नो कार्यकालमा सहयोग गर्ने पूर्व सभामुख सुभासचन्द्र नेम्वाङ, कानूनी जटिलतामा सुझावदिने सांसद्हरु, पत्रकार, विभिन्न पेशागत संगठनका व्यक्तिहरु लगायतलाई विशेष धन्यवाद दिन चाहेको बताईन् । 

उनले आफू अहिले संसद्बाट बाहिरिँदै जाँदा कुनै चिन्ता नलागेको भन्दै आफ्नो जिम्मेवारी पूरा गरेर फर्किन सफल भएकोमा आफूलाई खुशी लागेको बताईन् । सभामुख घर्तीले संसद्को बैठक अन्त्य गरेसँगै सांसद्हरु रात्रीभोजमा सहभागी भएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ