arrow

पाकिस्तान बिरुद्ध न्युजिल्याण्डको सहज जीत

logo
प्रकाशित २०७२ माघ ३ आइतबार
NZ_PAK.jpg.jpeg

एजेन्सी। न्युजिल्याण्डमा भएको दोस्रो टि २० खेलमा पाकिस्तान बिरुद्द न्युजिल्याण्डले सहज जित हात पारेको छ। टस जितेर व्याटिङ् रोजेको पाकिस्तान खेलको पहिलो ईनिङ्मा उमर अकमलको ५२ रनको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६८ रन जोड्न सक्यो।पाकिस्तानको ईनिङ् ध्वस्त पार्ने क्रममा सेलेङ्कनले २ तथा ऐनडरसन र मिल्नेले समान १-१ विकेट लिए।

खेलको दोस्रो ईनिङ्मा १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्याण्ड आफ्ना दुई ओपनर व्याटस्म्यानको धमाकेदार प्रदर्शन गरे पछि १ सय ६९ रनको बिजयी लक्ष्य  पाकिस्तानी बलिङ् लाईनअपको  धज्जी उडाउदै बिना विकेटको क्षतिमा १४ बल अघाबै पुरा गर्यो। उसका लागि केन विलियमसनले ५८ बल खेल्दै ८७ रन बनाए भने अर्का ओपनर मार्टिन गुप्टिलले ७२ रनको योगदान दिए।

खेलको 'म्यान अफ द म्यान' अवार्ड संयुक्त रुपमा गुप्टिल र विलियमसन लाई दिईयो। यो खेल जितेसँगै ३ खेलको क्षृखंला १-१ को बराबरीमा आएको छ। अन्तिम खेल मंगलवार हुनेछ। पाकिस्तान बिरुद्द न्युजिल्याण्डको शानदार जित

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ