arrow

वडाध्यक्षद्वारा तीन सरकारी विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
rupees.jpg.jpeg

रामपुर । पाल्पाको रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष क्याप्टेन हिमाल मल्लले तीन वटा सरकारी विद्यालयमा रु तीन लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।  

वडा नं ५ भित्र रहेका तीन वटा सरकारी विद्यालयमा उनले रु एक–एक लाख अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् । 

वडाभित्र सञ्चालित रामतुलसी मावि, रामपुर निमावि र बाल कल्याण प्राविमा वडाध्यक्ष मल्लले स्व पिता ढालबहादुर मल्ल, माता चन्द्रकुमारी मल्ल, सानीआमा विनाकुमारी मल्ल र सासूआमा चन्द्राकुमारी खाँणको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।  

विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष खडा गर्न लागेको अध्यक्ष मल्लले बताए । 

उनले आफ्नो कार्यकालमा राजनीतिभन्दा माथि उठेर सामाजिक हितका लागि काम गर्दै जाने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ